site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रंगशाला निर्माणः फिल्डमा उत्रिए धुर्मुस सुन्तली (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको काममा व्यस्त छन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशाला निमार्ण स्थलमा मंगलबार र बुधवार धुर्मुस सुन्तलीले श्रमदान गरेका हुन् । 

बालुवा बोक्ने, मसला बनाउने, जस्तापाता बोक्नेसम्मको काम गरे । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधिन रंगशाला बनाउने चटारोले उनीहरुलाई भ्याइनभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आवास निर्माणको काम भइरहेको छ । यसको लागि उनीहरुले श्रमदान गरेका हुन् । 

Agni Group

प्रारम्भिक चरणको काम भइरहेको निर्माण स्थललाई अहिले जस्ताले घेरिएको छ । उनीहरुले स्थानीयलाई रंगशाला निमार्णमा आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन् । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह उनीहरुको आग्रह छ । 

निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदानसमेत गर्न थालेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।

Global Ime bank

तीन करोड नेपालीको सहयोगले नै रंगशाला निर्माण हुने भन्दै सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC