site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
सरकारको रिसमा जनतालाई सास्ती ! 
Sarbottam CementSarbottam Cement

सरकारले नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि अराजनीतिक ठहर गरी प्रतिबन्ध लगाएको विरोधमा बिहीवार बन्द आह्वान गरिएको थियो । त्यसक्रममा देशका विभिन्न भागमा बम राखेर आतंक सिर्जना गरिएको समाचार आइरहेका छन् । अधिकांश स्थानमा राखिएका विस्फोटक पर्दा निस्क्रिय पारिएको र केही ठाउँमा विस्फोट भएको समाचार छ । कतिपय स्थानमा सवारी साधनमा आगजनी गरिएको छ । कैलालीमा त जन्ती लिएर गएको बसमा समेत आगजनी गरियो । अधिकांश शैक्षिक संस्थाहरू बन्द भए । कलकारखाना र व्यापार व्यवसायमा समेत बन्दको आंशिक प्रभाव परेको छ । बन्दको प्रभाव हेर्दा सरकारले व्यापक प्रहरी परिचालन गरे पनि जनताले विश्वास गर्न सकेको देखिएन । एकाध ठाउँमा बन्दको प्रतिवाद गर्दै प्रदर्शनसमेत भएको छ । सरकारी निर्णयको प्रतिवाद गर्ने नाउँमा भएका क्रियाकलापबाट सबैभन्दा बढी पीडित सामान्य जनता भएका छन् ।

सरकारले आफ्नो गतिविधिमा प्रतिबन्ध लगाएलगत्तै ‘विप्लव’ नेतृत्वको नेकपाले प्रदर्शन गरेको उद्दण्डताले नै सरकारी कदमको औचित्य पुष्टि गरेको छ । जन्ती लिएर हिँडेको बसमा आगजनी गर्ने वा सार्वजनिक सडकमा बम राख्ने कार्य आतंककारी नै हो । आतंककारी कार्यमा संलग्न व्यक्ति वा समूहलाई राजनीतिक मान्न सकिँदैन । यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ले दाबी गरेजस्तो जबर्जस्ती पैसा असुल्ने अधिकार कुनै समूहलाई पनि हुँदैन । त्यसलाई ‘‘नैसर्गिक अधिकार’’ ठान्नु त झन् डरलाग्दो सामन्ती मानसिकता हो । यस्तो करनी र कथनी दुवैलाई सही ठहर गर्ने व्यक्ति वा प्रयत्नलाई समेत उचित मान्न सकिँदैन । विप्लव नेकपाको गतिविधिमा प्रतिबन्ध लगाउने सरकारी निर्णयको सत्तारुढ दलभित्र र बाहिर पनि केही राजनीतिक नेताहरूले विरोध गरेका छन् । तर, विप्लवको हिंसात्मक कार्यको निन्दा नगरी सरकारको मात्र आलोचना गर्नु पनि न्यायोचित हुँदैन ।   आपराधिक समूहलाई राजनीतिक शक्ति मान्दा नेपालले ठूलो क्षति सही सकेको छ । यद्यपि, अपराधी समूहसँग समेत राज्यले संवादको ढोका बन्द गर्नु हुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभर बन्दको प्रभाव परेको छ । परन्तु, आतंकको छायामा जनजीवन ठप्प हुनु बन्द आह्वानकर्ताको समर्थन हैन । विप्लव नेतृत्वको नेकपाको गतिविधिमा प्रतिबन्ध लगाएलगत्तै व्यापक धरपटक गरेको समाचार छ । सरकारको यस्तो कार्यशैलीले भने अधिनायकवादी चरित्र प्रकट भएको छ  । गाउँमा सामूहिक खानतलासी गरेर सरकारले पनि नागरिकलाई सताउने र तर्साउने कार्य गरेको छ । गाउँमा बस्न नसक्नेहरू आतंककारी समूहमा संलग्न हुन बाध्य हुनसक्छन् । माओवादी हिंसाका बेला पनि सरकारले यही गल्ती गरेको थियो । संसारभर अधिकांश अवस्थामा  अतंकले भन्दा बढी क्षति सुरक्षा प्रबन्धका नाममा सरकारबाट व्यक्त गरिने अतिशक्ति प्रयोगबाट भएको अनेकौं उदाहरण छन् । यसैले सरकारले प्रचलित कानुन र मानव अधिकारका मूल्य मान्यताको हेक्का बढी नै राख्नुपर्छ । नागरिक समाजले पनि सरकारलाई ज्यादती नगर्न औँलो ठड्याइराख्नु जरुरी छ तर विप्लव समूहको ज्यादतीको निन्दा नगर्ने हो भने सरकारमाथि  औंला ठड्याउने नैतिक अधिकार हुँदैन । सरकारको रिसमा विप्लवको समर्थन गर्नु प्रत्युत्पादक हुनेछ । 

तस्बिर: रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC