site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लवलाई प्रचण्डको प्रश्न– मलाई मारेर गणतन्त्र बाँच्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नै ‘सेबोटेज’ गर्ने सूचीमा राखेको भन्दै विप्लव समूहप्रति दया जागेको बताएका छन्।

बिहीबार पेरिसडाँडामा सहिद तथा बेपत्ता परिवारका सदस्यलाई अभिनन्दन गर्दै उनले भने, “पछिल्लो चरण मेरो कार्यालयको सचिव भएर बसेका विप्लवहरूले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गरेका छन् रे! मार्न मान्छे पनि खटाएको कुरा सरकारकातर्फबाट जानकारी गरायो। मलाई यो सुन्दा दया लागेको छ।”

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले २०५२ सालको परिस्थिति पनि छैन। राजतन्त्र पनि छैन। हिजोसँगै लडेका साथीहरू सरकारमा छन्,” उनले कार्यक्रममा भने।

उनले ज्ञानेन्द्रले महेन्द्रको नक्कल गर्न खोज्दा राजसंस्था नै समाप्त भएको दृष्टान्त दिँदै जनयुद्धको नक्कल नगर्न आग्रह गरे। उनले भने, “केहीकेही साथीहरू नक्कल गर्न खोज्छन्। नक्कलले दुःख पाउने बाहेक केही हुँदैन। नक्कल गरेर पास भइँदैन। सक्कल गरेर मात्रै पास होइन्छ।”

Global Ime bank

प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पुनर्गठनको काम भएरहेको बताउँदै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे आफू गम्भीर रहेको बताए।

 “केहीदिनअघि मात्रै प्रधानमन्त्री, म र प्रमुख प्रतिपक्षका नेता बसेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको कामको बारेमा हामीले छलफल गर्‍यौँ र एउटा समझदारी बनेको छ। 

छिट्टै आयोगको पुनर्गठन गर्ने, त्यसका निम्ति आवश्यक पर्ने सिफारिस कमिटी बनाउन सरकारलाई सुझाव दिने र छिटोभन्दा छिटो यो प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भनेर छलफल भएको छ,” उनले भने।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC