site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् हेरफेर हुँदैनः प्रधानमन्त्रीको सचिवालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद् हेरफेर ‘हल्ला’ मात्रै भएको बताएका छन् ।

बाह्रखरीसँगको सङ्क्षिप्त कुराकानीमा सल्लाहकार रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट सदस्य हेरफेरको कुनै तयारी नगरेको प्रष्ट पारेका हुन् । “मन्त्रिपरिषद् अहिले नै हेरफेर हुँदैन । सरकारको त्यस किसिमको कुनै तयारी छैन,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई दिनअघिमात्रै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर गर्ने सन्दर्भमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीसँग कुराकानी भइरहेको बताएका थिए । यद्यपि प्रधानमन्त्री ओलीले मन्त्री फेरिहाल्न हतार नभएको जवाफ दिएको उनको भनाइ थियो ।

“मन्त्री फेर्ने विषय प्रधानमन्त्रीमै बढी भर पर्छ । उहाँले कसरी सोच्नुभएको छ, मलाई थाहा छैन,” मंगलबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, “आजैमात्र पनि प्रधानमन्त्रीसँग मन्त्री हेरफेर गर्नेबारेमा कुराकानी भएको थियो । प्रधानमन्त्रीजीले भन्नुभएको थियो– मन्त्री फेर्नैपर्ने भए दुई अध्यक्षबीच छलफल गरेर गर्न पनि सकिन्छ । अहिले हतारो छैन ।”

Global Ime bank

प्रधानमन्त्रीको सचिवालयले पनि चैतको दोस्रो साता हुन लागेको लगानी सम्मेलनपूर्व मन्त्रिपरिषद् हेरफेरको कुनै सम्भावना नरहेको प्रष्ट्याएको हो । बारम्बार मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको सन्देश जाँदा मन्त्री र कर्मचारी दुवैमा ‘अस्थायी’को मानसिकताले काम गरिरहेको टिप्पणी पनि हुन थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC