Skip Advt.

च्याम्पियन्स लिगमा मेस्सीको नयाँ रेकर्ड

च्याम्पियन्स लिगमा मेस्सीको नयाँ रेकर्ड

 एजेन्सी । गोल मेसिनको रुपमा चिनिने बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै रेकर्डहरु बनाएका छन् । 

विश्व फुटबलमा मेस्सी सहभागी भएका सायद कमै खेलमा मात्र गोल गर्न असफल छन् । यो सिजन मेस्सीले हरेक खेलमा एक नयाँ रेकर्ड बनाउँदै गएका छन् ।
 
मेस्सीले बुधबार भएको लियोनविरुद्धको खेलमा एक नयाँ रेकर्ड बनाएका छन् । उनले यस सिजन च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका हुन् । 

मेस्सीले च्याम्पियन्स लिगमा यो सिजन एउटै खेलमा दुई गोल र दुई असिस्ट गर्ने खेलाडीको रेकर्ड बनाउन सफल भएका हुन् ।
 
उनले च्याम्पियन्स लिगअन्तर्गत लियोनलविरुद्धको खेलमा दुई गोल गर्न सफल भए । मेस्सीले खेलको १७ औँ मिनेटमा पेनाल्टी मार्फत एक गोल गरे भने खेलको ७८ औँ मिनेटमा खेलमा गोल गर्न सफल भएका थिए । 

बुधबारको खेलमा नै उनले जेरार्ड पिके र उसमान डेम्बेलेको गोलमा पास मिलाएका थिए । यस सिजन च्याम्पियन्स लिगमा एउटै खेलमा दुई गोल र दुई असिस्ट गर्ने मेस्सी पहिलो खेलाडी हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

लियोनल मेस्सीले भने–रियलले रोनाल्डोलाई मिस गर्नेछ

एजेन्सी । विश्व चर्चित खेलाडी लियोनल मेस्सीले अर्का चर्चित खेलाडी पूर्व रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाडेर युभेन्टस

लुइस स्वारेज र बार्सिलोनाबीच नयाँ सम्झौता, बार्सिलोनाको अग्रपंक्ती स्वारेज, लियोनल मेस्सी र नेयमारले सम्हाल्ने 

काठमाडौँ । बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । स्वारेज र बार्सिलोनाले शुक्रबार नयाँ सम्झौतामा

उत्तर कोरियाले लियोनल मेस्सी भन्दा राम्रा खेलाडी उत्पादन गर्ने !

काठमाडौँ । उत्तर कोरियाले स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई पछि पार्ने खेलाडी उत्पादन गर्ने बताएको छ  । विश्व

बार्सिलोनाका स्ट्राइकर मेस्सी घाइते, तीन साता खेल्न नसक्ने

एजेन्सी, मड्रिड । बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी घाइते भएपछि तीन साता मैदान बाहिर रहने भएका छन्  । मेस्सी