site stats
बाह्रखरी :: Baahrakhari
सहर
Nabil BankNabil Bank
‘बाहिरी चक्रपथ बन्छ भन्दै भूमाफियाले सोझासाझा जनता ठगिरहेका छन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकाका तीन जिल्ला जोड्ने बाहिरी चक्रपथको भौतिक निर्माण कार्य अलपत्र परेको छ। सरकारको वेवास्ताका कारण बाहिरी चक्रपथ निर्माणले गति लिन नसकेको बाहिरी चक्रपथ विकास आयोजनाले बताएको छ।
 
भौतिक प्रगति शून्यजस्तै देखिए पनि बाहिरी चक्रपथ निर्माण हुने भनिएको क्षेत्रको जग्गा बिक्री गर्न भूमाफिया सल्बलाएको पाइएको छ। “बाहिरी चक्रपथ निर्माणको भौतिक प्रगति हालसम्म केही पनि भएको छैन। बाहिरी चक्रपथ निर्माण कहिलेबाट सुरु हुने यकिन छैन,” आयोजना प्रमुख दिलिप भण्डारीले बाह्रखरीसँग भने, “तर ललितपुर भक्तपुर र काठमाडौंका ग्रामीण क्षेत्रका भूमाफियाले बाहिरी चक्रपथ चाँडै बनि हाल्ने भन्दै जग्गा बिक्री गर्ने गरेका छन्। बाहिरी चक्रपथको डिपिआर बनी नसकेको अहिलेको अवस्थामा तीन जिल्लाका कुन-कुन स्थानमा बाहिरी चक्रपथ पुग्छ भन्ने थाहा छैन। बाहिरी चक्रपथ चाँडै बन्छ भन्दै भूमाफियाले सोझासाझा जनता ठगिरहेका छन्।”

बाहिरी चक्रपथ सहरी विकास मन्त्रालयअर्न्तगत आउनुमा सहरी विकास तथा भवन निर्माण विभागको द्विधापूर्ण भूमिका रहेको छ। सडक विभागअन्तर्गत रहेको यो योजना ०५८ मा सहरी विकास तथा भवन निर्माण विभागमा आएको हो।

Prabhu Bank
Agni Group
NIC Asia

सडक विभागले ०५८ सालमा बाहिरी चक्रपथ निर्माणका लागि एकपटक सर्भे गरिसकेको थियो। “बाहिरी चक्रपथका लागि सरकारले बजेट नछुट्याएपछि सडक विभागलाई यो योजना घाडो भएको थियो। विभागका तत्कालिन महानिर्देशकस्तरीय बैठकमा सडक विभागले यो योजनालाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्‍‍यो,” आयोजनाका एक अधिकृतले बाह्रखरीसँग भने, “बाहिरी चक्रपथ निर्माणमा सडक विभाग निरास बनिरहेको बेला सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक पूर्ण कडरियाले यो योजना आफ्नो विभागमा ल्याए। ०६० सालदेखि यो योजना भवन विभागमा छ। तर सरकारले प्राथमिकतामा नराखेका कारण भौतिक प्रगति शून्य छ।”

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत छुट्टै आयोजनाका रुपमा रहेको बाहिरी चक्रपथ विकास आयोजना ०७२ सालदेखि उपत्यका विकास प्राधिकरणमा आएको छ। बाहिरी चक्रपथ निर्माणका लागि प्रशासनिक खर्चमा मात्रै हालसम्म करिब १५ करोड रुपैयाँ खर्च भएको छ।
 
पछिल्लो समय चीनको एक निर्माण कम्पनीले बाहिरी चक्रपथ निर्माणका लागि चासो देखाएको प्रमुख भण्डारीले बताए। “सडक विभागले ०५८ सालमा गरेको पुरानो सर्भे रिभ्यु गर्दै नयाँ सर्भे सुरु गर्न चीनको एक निर्माण कम्पनीले इच्छा देखाएको हो,” प्रमुख भण्डारीले भने, “उक्त निर्माण कम्पनीसँग एकपटकमात्र छलफल भएको हो। त्यसपछि थप प्रक्रिया अगाडि बढेको छैन।”

Global Ime bank

पुरानो सर्भेअनुसार बाहिरी चक्रपथको लम्बाइ ७२ किमि छ। यसको चौडाइ ५५० मिटर रहने छ। बाहिरी चक्रपथमा हालसम्म गरिएका अध्ययन, सर्भे, छलफलका निर्णयका सबै फाइल हाल सहरी विकास मन्त्रालयमा पेन्डिङ छन्।

उक्त ७२ किमि र ५५० मिटर चौडाइभित्र पर्ने जग्गा अधिग्रहणका लागि मन्त्रालयले मन्त्रिपरिषद्लाई केही भन्न नसक्दा बाहिरी चक्रपथ निर्माणको कामले गति लिन नसकेको हो। “यो सरकार गठन भएलगत्तैको मन्त्रिपरिषद बैठकले बाहिरी चक्रपथ क्षेत्रमा पर्ने जग्गा अधिग्रहण गर्ने निर्णय गर्‍यो। हामीले उक्त निर्णयका आधारमा बाहिरी चक्रपथ क्षेत्रमा पर्ने जग्गा अधिग्रहणको सूचना प्रकाशित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठायौं। तर कार्यालयले निर्णयमा जग्गा प्राप्ति ऐन ०३४ किटान नभएको कारण देखाउँदै जग्गा अधिग्रहणको सूचना प्रकाशित गर्न नसकिने बतायो। प्रशासन कार्यालयले ऐन उल्लेख गरेर फेरि पत्र पठाउन हामीलाई भन्यो। यसपछि मन्त्रिपरिषदले जग्गा अधिग्रहणबारे केही निर्णय गरेको छैन,” उपत्यका विकास प्राधिकरण स्रोतले बाह्रखरीसँग भन्यो।

प्राधिकरणका अनुसार बाहिरी चक्रपथको चोभारदेखि सतुंगलसम्मको ६.६ किमि स्थानमा मात्रै ३ आनाभन्दा कम क्षेत्रफलका २ हजार ९ सय कित्ता रहेका छन्। बाँकी ६५.४ किमिमा कति कित्ता जग्गा छन् भन्ने जानकारी प्राधिकरणसँग छैन।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC