Skip Advt.

वसन्तपुरमा चीर ठड्‍याएपछि सुरु भयो होली (तस्बिरमा)

वसन्तपुरमा चीर ठड्‍याएपछि सुरु भयो होली (तस्बिरमा)

काठमाडौं । काठमाडाैंको हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै होली सुरु भएको छ । वसन्तपुरमा बिहीबार बिहान रंगीबिरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । 
चीर ठड्याएसँगै औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । 
बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुरजस्तो देखिने रंगीविरङ्गी होलीचीर ठड्याइएको हो ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा ७ गते बिहीबार होली पर्व परेको छ । 


सरिता खड्का

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

होलीमा जबर्जस्ती रङ दल्ने, लोला हान्‍ने र मापसे गर्नेलाई सार्वजनिक अपराध मुद्दा

काठमाडौं । प्रहरीले फागु पूर्णिमा (होली)मा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहोर पानी छ्याप्ने तथा मादक पदार्थ सेवन

एक रुपैयाँमा होलीको टिसर्ट !

काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसरमा १ रुपैयाँमा टिसर्ट उपलब्ध गराउने भएको छ। ब्रान्ड प्रबर्द्धनका साथै होली खेल्नेलाई लक्षित

बाबु बोगटीको ‘ह्याप्पी होली...’ बजारमा

काठमाडौं । रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा गायक बाबु बोगटीले होली गीत सार्वजनिक गरेका छन् । आफ्नो २० वर्षे सांगीतिक यात्रामा

हिन्दूमात्र होइन, मुश्लिम युवा पनि होलीमा

धनुषा । मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको