site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिगमा अन्तिम १६ का उत्कृष्ट पाँच खेल 
Sarbottam CementSarbottam Cement

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरुमा धेरै अप्रत्यासित नतिजा देखिए । च्याम्पियन्स लिगमा प्रि–क्वाटरफाइनल चरणका खेलहरु सकिँदा बार्सिलोना, लिभरपुल, टोटेनहम, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, आयाक्स, युभेन्ट्स र पोर्टाेले क्वाटरफाइनलमा स्थान बनाउन सफल भए । 
यो सिजन साविक विजेता रियल मड्रिड अन्तिम १६ बाट बाहिरिएको थियो । उता युनाइटेडले आफ्ना सिनियर खेलाडी विना नै बलियो मानियको पेरिस सेन्ट जर्मेनविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । 
त्यस्तै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्स पनि अन्तिम १६ को दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ । अन्तिम १६ का सम्पूर्ण खेल सकिँदा निस्केका रोमाञ्चक पाँच नतिजाको चर्चा गर्दैछौं । 

५) बार्सिलोनाविरुद्ध लियोन 
\"\"स्पेनिस क्लब बार्सिलोले लियोनसँग प्रि–क्वाटरफाइनको पहिलो लेग बराबरी खेलेको थियो । दोस्रो लेगमा भेन बार्सिलोनाले सहज जित निकाल्न सफल भयो । बुधबार राति भएको प्रि–क्वाटरफाइनल दोस्रो लेगमा बार्सिलोनाले लियोनलाई ५–१ अन्तरले पराजित गरेको हो । 
अपेक्षित रुपमा बार्सिलोनाले जित हात पारेपनि सामान्य गोल अन्तरले क्वाटरफाइनलमा स्थान बनाउने सबैको बुझाइ थियो । तर बुधबारको नतिजा भने अलि फरक देखियो । बार्सिलोनाका लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । खेलमा मेस्सीले दुई गोल र दुई असिस्ट गरे । 
योसँगै बार्सिलोनाले क्वाटरफाइनलमा स्थान बनाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

४) म्यान्चेस्टर सिटीविरुद्ध साल्के 
\"\"च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा म्यान्चेस्टर सिटीले रोमाञ्चक नतिजा निकाल्न सफल भयो । 
सिटीले ७–० गोलको फराकिलो अन्तरले जित निकाल्यो । प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटीले समग्रमा १०–२ गोलको जित निकाल्न सफल भएको थियो । सिटीले पहिलो लेगको खेलमा ३–२ को अग्रता लिएको थियो ।
प्रिमियर लिगको प्रि–क्वाटरफाइनलमा आएको यो सबैभन्दा रोमाञ्चक नतिजा हो । पहिलो र दोस्रो लेगमा सिटीका सर्जियो अग्युरो र रहिम स्ट्रलिङ नायक बनेका थिए । 

३) युभेन्ट्सविरुद्ध एट्लेटिको मड्रिड 
\"\"स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्स च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा उत्कृष्ट कम ब्याक गर्न सफल भयो । मंगलबार राति भएको खेलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । 
पहिलो लेगमा २–० गोलले पछि परेको युभेन्ट्सले दोस्रो लेगमा ३–० को जित निकाल्न सफल भयो । मंगलबारको खेलमा नै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो आठौँ ह्याट्रिक पूरा गरे । युभेन्ट्सका लागि रोनाल्डोले खेलको २७ औँ मिनेटमा पलिहो गोल गर्दा खेलको ४९ औँ मिनेटमा दोस्रो तथा खेलको ८६ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सलाई क्वाटरफाइनलसम्म पुर्याए । 

Global Ime bank

२) पीएसजीविरुद्ध म्यान्चेस्टर युनाइटेड 
\"\"च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको म्यानचेस्टर युनाइटेडले  पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई ३–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । 
दुबै टोलीबीचको पहिलो र दोस्रो लेगको गोल समग्रमा ३–३ को बराबरी भएपछि युनाइटेडले अवे गोलका आधारमा अन्तिम आठमा स्थान बनाएको थियो । पहिलो लेगमा २–० गोलले पछि परेको युनाइटेड आफ्ना स्टार खेलाडी विना नै मैदान प्रवेश गरेको थियो । 
पीएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई आफ्ना स्टार खेलाडी विना नै दोस्रो लेगमा कम ब्याक गर्न चुनौती थियो । तर पनि युनाइटेडलाई जित दिलाउन रोमेलु लुकाकुले दुई र मार्कुस सारफोर्डले एक गोल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित बनाए । 

१) रियलविरुद्ध आयाक्स 
\"\"च्याम्पियन्स लिगमा १३ पटकको च्याम्पियन रियल यस सिजन अन्तिम १६ बाट नै बाहिरिन पुग्यो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल पहिलो लिगमा आयाक्सविरुद्ध २–१ गोलले विजय भएको रियल दोस्रो लिगमा भने ४–१ गोलले पराजित भएको थियो ।
 
पहिलो लेगमा रियल मड्रिड २–१ गोलले अघि थियो । च्याम्पियन्स लिगको सर्वाधिक विजेता टोली रियल यस सिजन प्रि–क्वाटरफाइनलबाट बाहिरिदा च्याम्पियन्स लिगमा केही रोमाञ्चकता हराएको छ ।
साविक विजेता टोली नै अन्तिम १६ बाट बाहिरिदा आयाक्सले लामो समयपछि क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको थियो । पछिल्लो समय कमजोर भएको रियल यो सिजन कोपा डेल रेको सेमिफाइनल खेलमाबाट पनि बाहिरिएको थियो । पहिलो लिगमा बार्सिलोनाविरुद्ध १–१ गोलको बराबरी खेलेको रियलले दोस्रो लिगमा ३–० गोलले पराजित भएको थियो ।
रियल यो सिजन ला–लिगाको लिग लिडर बार्सिलोनाभन्दा १२ अंकले पछि छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC