site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालीले कुन विकल्प रोज्ने ?

नेपाल एउटा अजीव अवस्थामा छ । भत्र र देख्नलाई यहाँ सबै थोक मिलेको छ । राज्य व्यवस्था आधुनिक युगमा पसेको छ । नेपालका पुराना परिचय र विशेषता फेरिएका छन् । नयाँ युग सुहाउँदा परिवर्तन भएका छन् । नेपाल एक धर्म निरपेक्ष, संघीय, समावेशी, गणतन्त्र भएको छ । हुन पनि यी सबै परिवर्तन सानो दुःखले आएका होइनन् ।  देखिने गरी १७ हजार नेपालीको जीवन दानबाट यी परिवर्तन आएका हुन् । 

माओवादी विद्रोह कालमा नेपालका एक जना विद्वान्ले ५० हजार जनाको रगत बगेपछि मात्र नेपालमा वास्तविक परिवर्तन आउने भविष्यवाणी गरेका थिए । माओवादी विद्रोहमा त्यसभन्दा कम मानिसको हत्या भएकाले अपेक्षाकृत परिवर्तन नआएको उनको धारणा थियो । हुन त भूकम्पमा करिब नौ हजार जनाको मृत्यु भएको थियो । अर्थात्, हालैका दिनमा करिब २६ हजार नेपालीको अकालमा ज्यान गएको छ । तर, यी सबै जोड्दा पनि ती विद्वान्को अनुमानभन्दा आधामात्र क्षति भएको देखिन्छ । 

के यसैकारणले नेपालमा जे जति परिवर्तन भए ती अधुरै रहेका हुन् ? कि नयाँ माओवादी निस्केर यो पूरा हुने हो ? यसको उत्तर कसैले प्रष्टरूपमा दिनसक्ने देखित्र । तर, औपचारिकरूपले युद्धकारी र क्रांन्तिकारीले चाहेको परिवर्तन आए पनि त्यसबाट न उनीहरू आफैं सन्तुष्ट हुन सके, न जनता सन्तुष्ट हुन सके, न छरछिमेकी र अन्तर्राष्ट्रिय समुदाय नै सन्तुष्ट हुन सके । नेपाल संकटापत्र र संक्रमणको अवस्थामा नै रहन गयो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसमा पहिलो सबाल हो— जे जति परिवर्तन भए के ती नेपाल र नेपाली समाज सुहाउँदा छन् ? उदाहरणका लागि धर्म निरपेक्ष राज्य भनेर भनियो । तर, राज्य धर्म निरपेक्ष भएर बस्न सकेन । पहिलो बेइमानी त धर्म निरपेक्षको घोषणामै गरियो । यस बारेमा जनमत जम्मा गरियो तर त्यसको कदर गरिएन । आजसम्म त्यसलाई दबाएर राखियो । 

दोस्रो बेइमानी, छिमेकीलाई यस्तो गर्दैनौ भनेर ढाडस दिइयो । उनीहरूलाई पनि एक प्रकारले धोका दिइयो । फलस्वरूप देशले नाकाबन्दी नै बेहोर्नु पर्यो । जनताले अनायास अप्रत्याशित दुःख भोग्नु प¥यो । तेस्रो बेइमानी, धर्म निरपेक्षताको नाउँमा क्रिस्चियन धर्मका गतिविधिमा राज्य संलग्न हुन पुग्यो । नेपाल एक क्रिस्चियन राज्य नै भएकोसम्म दाबा गरियो । आउँदा दिनमा अझ के कति यसका दुष्परिणाम भोग्नुपर्ने हो भविष्यको गर्भमै छ । 

Global Ime bank

अर्को परिवर्तन भनेको संघीयता हो । यसको जुन किसिमले संचालन गरिँदै छ त्यसबाट न संघीय सरकार, न प्रादेशिक सरकार, न स्थानीय सरकार सन्तुष्ट छ । केन्द्रले खाइपाई आएको अधिकार छोड्न नचाहने, प्रदेशले एक स्वतन्त्र देशले जस्तो गरी काम गर्न चाहने, स्थानीय सरकारले सुबिधामात्र खोज्ने गरेको देखियो । यसबाट जसरी विकेन्द्रीकरण हुनेछ, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्नेछ भनियो सो पूरा हुन सकेन । जनताले सेवा नपाउने तर करको भार धेरै बोक्नुपर्ने भयो । हरेक प्रदेशले विदेशीसित सिधै सम्पर्क राख्ने प्रयत्न गरे । केही प्रदेशमा विखण्डनकारी गतिविधि पनि हुन थाल्यो । आखिर नेपाली सेनाले वक्तव्य जारी गर्दै यस्तो परिस्थितिको नजीकबाट अध्ययन गरिरहेको र देशमा संकट आइपरे चुप लागेर नबस्ने भन्नु प¥यो । आखिर संघीयताले के दियो र जनताले के पायो ? यसको लेखाजोखा कस्ले गर्ने ?

नेपालमा गणतन्त्रको पदार्पणलाई एक जल्दोबल्दो परिवर्तनका रूपमा बयान गरिन्छ । एउटा साधारण नेपाली पनि राष्ट्राध्यक्ष हुनपाउनु साधारण कुरा होइन । तर, जब एउटा साधारण मानिस असाधारण भएको देखाउन खोजिन्छ तब त्यहाँ अनेक विडम्बना आउने रहेछन् । एकातिर राजाको रिसले राष्ट्रपतिलाई अधिकार शून्य बनाइएको छ । देशको रक्षा होइन संविधानको रक्षकका रूपमा राष्ट्रपतिलाई राखिएको छ । त्यसमा पनि विलासिताका सामान जुराइदिने कोसिस गरेर त्यस पदलाई नै बदनाम गराउन थालियो । यसबाट यसको आदरमा ठूलो क्षति भयो । दसैंको टीकाको अवसरले राजा र राष्ट्रपतिप्रतिको जनप्रियता प्रष्ट हुँदै गयो । 

परिवर्तनका चिन्ह नै धमिलो हुँदैजाँदा तिनको उपयोगितामा प्रश्न उठ्दै जान्छ । यसका विकल्पको खोजी हुँदै जान्छन् । एक प्रकारले ती विकल्पको माग, चर्चा र आकांक्षा बढ्दै गएको देखिन्छ । धर्म निरपेक्षको ठाउँमा नेपाललाई हिन्दु राज्य बनाउने, संघीयतालाई खारेज गर्ने र गणतन्त्रको ठाउँमा राजतन्त्रलाई फर्काउने आवाज उठेकै छन् र झन् झन् ठूलो स्वरमा उठ्न थालेका छन् । 

अब सबाल उठ्छ — किन अरू मुलुकमा लोकप्रिय भएका सिद्धान्त र व्यवस्था हामी कहाँ अप्रिय भएका हुन् ? किनभने सिद्धान्त र व्यवस्था निरपेक्ष हुँदैनन् । तिनलाई अनुसरण गर्ने र कार्यान्वयन गर्नेहरूमा तिनको सफलता र असफलता निर्भर हुन्छ । 

हाम्रो देशमा एक डेड सयवटा पार्टीबाट दस बीसवटा पार्टी भएको राम्रो हो । तर जे जति पार्टी हाम्रा अगाडि देखिएका छन् तिनले आफ्नो महत्ता आफँैले घटाइरहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध भएर पनि विभित्र गुटमा विभक्त छ । प्रतिपक्ष दल नेपाली क्रांग्रेस त झन् टुक्राटुक्रा भएको देखिन्छ । अरू साना आकारका पार्टी प्रभावशाली देखित्रन् । अस्तित्वमा त छन् तर सार्वजनिक निर्णयमा तिनले कुनै असर पार्न सकेको देखित्र । 

पार्टी प्रथाले दिनसक्ने सबभन्दा राम्रो अवस्था आजको हो । एउटा पार्टीको सरकार छ । उसलाई दुई तिहाइ सांसदको समर्थन प्राप्त छ । यसमा जनताको ठूलो हात छ र ठूलो आशा पनि छ । यसबाट जनता निराश भएको सत्तारुढ नेताले नै भनिरहेका छन् । अझ प्रधानमन्त्रीले त निराश जनता खतरनाक हुन्छन् सम्म भनेका छन् । यसको सारांश हो — न भएको व्यवस्था काम लाग्दो छ न व्यवस्थामा बसेका मानिस इमानदार छन् । 

यसबाट एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ— अब देशले कुन दिशातिर लाग्नुपर्छ ? यसको दुईवटा विकल्प छन्– पहिलो, जेजस्ता परिवर्तन भएका छन् तिनलाई नै सफल बनाउने । जे जति मानिस यहाँ जिम्मेवारी लिएर बसेका छन् उनीहरूलाई नै सुधार्दै लैजाने । दोस्रो, देशलाई नसुहाउने जे जति परिवर्तन भएका छन् ती सबै फालिदिने र देशलाई सुहाउने पद्धतिमात्र अपनाउने । त्यसका लागि जन जागृति ल्याउने र जनआन्दोलन चलाउने । 

अब प्रष्टरूपमा धर्म निरपेक्षताको ठाउँमा हिन्दु राज्य खडा गर्ने, संघीयतालाई खारेज गर्ने र गणतन्त्रको ठाउँमा राजतन्त्रको पुनस्र्थापनाको विषय उठाउने बेला आएको छ । राजतन्त्रको पुनस्र्थापनामा सेनाको ठुलो भूमिका रहन्छ । तर, के यसको माने प्रजातन्त्रको अन्त गर्ने हो ? कदापि होइन । प्रजातन्त्रको स्वरूप भने बदलिने देखिन्छ । 

प्रजातन्त्रको नाउँमा केही मुठीभर मानिसको स्वार्थ पूरा गर्ने होइन । प्रजातन्त्रको अर्थ बहुसंख्यक जनताको हित गर्नु हो । देशको रक्षा गर्नु हो । आजको अवस्थामा देशको अस्तित्व नै खतरामा परेको धेरैले महसुस गरिरहेका छन् । नागरिकता र परिचय पत्रको कानून र प्रचलनले स्वदेशीभन्दा विदेशीलाई नेपालमा प्रोत्साहन दिएको देखिन्छ । यो क्रम चल्दै गयो भने नेपाल पाँच दस वर्षमा नेपालै नरहने शंका बढेको छ । बीरगंजमा हालै भारतको समर्थनमा र पाकिस्तानको विरोधमा भएको मोटरसाइकल रैलीले आउँदा घटना क्रमको झलक देखाएको छ । यसकारण नेपालीको अगाडि एउटा प्रष्ट विकल्प देखापरेको छ । देश बचाउने कि नयाँ व्यवस्थालाई बचाउने ?
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC