Skip Advt.

विप्लव समूह भन्छ: प्रचण्ड-ओली हत्याको योजना बनेकै छैन

'व्यक्ति हत्याको कल्पना पनि गरेका छैनौं'

विप्लव समूह भन्छ: प्रचण्ड-ओली हत्याको योजना बनेकै छैन

काठमाडौं । प्रतिवन्धित विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजनाको खण्डन गरेका हुन् ।

“दमनका लागि सरकारले तयार पारेको हतकण्डा हो,” कार्कीले बाह्रखरीसँग भने, “कुनै दल विशेष, त्यसको नेतृत्वलाई लक्षित गर्ने कार्यक्रम पार्टीको सोह्रै आना छैन ।” सरकारले प्रतिबन्धको औचित्य पुष्टि गर्न अराजनीतिक, संविधान विरोधी गतिविधि गरिरहेको बताउँदै त्यही गतिविधिलाई औचित्यपूर्ण बनाउन योजना बनाइएको उनको भनाइ थियो ।

उनले नेकपाले व्यक्ति हत्याबारे पार्टीले सोच्दा पनि नसोच्ने बताए । “त्यो केवल षड्यन्त्र हो । संविधान, ऐन कानुन विरोधी हर्कत हो,” उनले भने, “प्रतिबन्धको औचित्य पुष्टि गर्न सरकारले आफैँ डायरी तयार पार्न लागेको छ । प्रचण्ड र केपी ओलीको हत्या गर्ने भनेर कुनचाहिँले डायरीमा लेखेर हिँड्छ ? हाम्रो पार्टीमा छैन ।” 

उनले दलभित्र रहेका भ्रष्ट दलालहरू घुसखोरलाई जनकारवाही गर्ने लक्ष्य भने रहेको बताए । “राष्ट्रिय सम्पत्ति दोहन गर्ने राष्ट्रिय सम्पत्ति हडप्ने, एनसेलको दोहन गर्ने, आयल निगम टाट पल्टाउने जनकारवाहीमा पर्छन्,” उनले भने, “तर भौतिक कारवाही र व्यक्ति हत्याको कल्पना पनि गरेका छैनौँ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

'वैज्ञानिक'सहित विप्लव समूहका चार कार्यकर्ता पक्राउ

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पक्राउ परेका छन । उनीहरु दाङ र सल्यानवाट पक्राउ परेको

विप्लवसँग वार्ता गर्न नागरिक संघसंस्थाको आग्रह

काठमाडौं । विभिन्न नागरिक संघसंस्थाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत

पक्राउ परेका विप्लवका नेतालाई २५ वर्षसम्म जेल सजाय हुन सक्ने 

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेका कार्यकर्तालाई राज्यविरुद्धको अपराध कसुरमा कारबाही सुरु भएको छ

प्रधानमन्त्रीले विराटनगरमा थापालाई चिनाए, विप्लवलाई ‘लुटेरा’ भन्दै ठिक पार्ने चेतावनी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विराटनगर भ्रमणका क्रममा एक जना व्यक्तिलाई निकै महत्व दिए। विराटनगर विमानस्थलमा पत्रकारसँग चिनजान