Skip Advt.

‘केवल कारैमा’ गीतको भिडियो सार्वजनिक

‘केवल कारैमा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीत ‘केवल कारैमा’ मदन प्रधानको शब्द रचना छ भने विश्व अधिकारीको संगीत रहेको छ ।

गीतकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’मा समावेश छ । 

कृष्ण भट्टराईको स्वरमा दुई, अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गीत गाउन बाँकी रहेको छ । 

भारतीय रियालिटी शो ‘डान्स प्लस’मा फर्स्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी वुगीकी विजेता कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् । 

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । 

प्रतिकृया दिनुहोस