site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३ वर्षभित्र आधारभूत खानेपानीः  मन्त्री मगर, हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोज्न विश्व बैंकलाई आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा जनतामा पुर्याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताएकी छन् । विश्व बैंकका प्रतिनिधिहरुसँग बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री मगरले यस्तो बताएकी हुन् ।
मन्त्री मगरले उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई खानेपानी तथा पूर्ण सरसफाईलाई प्राथमिकतामा राखिएकोसमेत बताइन् । छलफलमा विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताए ।
धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै स्कनबर्गरले नेपालको खानेपानी मन्त्री यो क्षेत्रमा ज्ञाता रहेको बताए । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय  प्रतिनिधिबीच मन्त्रालयलमा छलफल भएको हो ।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गरे । छलफलमा मन्त्री मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढेको बताएकी छन् । 
“सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्याउन सरकार योजनाका साथ अघि बढिरहेको छ,” मन्त्री मगरले भनिन्, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तर पनि सरकार पृथक ढङ्गले यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढिरहेको छ । जनताले अझै पनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।”
ग्रामीण क्षेत्रमा फण्ड बोर्डमार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले प्रशंसा गरिन् । मन्त्री मगरले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेकी छन् ।
तराई मधेस क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराइन् । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत मन्त्री मगरले आग्रह गरिन् । 
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC