लिभरपुलको जितमा मानेको दुई गोल 

लिभरपुलको जितमा मानेको दुई गोल 

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुबै टोलीले प्रि–क्वाटरफाइनलको पहिलो लेग गोल रहित बराबरी खेलेका थिए । 
मंगलबार भएको खेलमा लिभरपुले बार्यन म्युनिखलाई ३–१ गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन साडियो मानेको दुई तथा भर्जिल भान डेजकले एक गोल गरे । बार्यनले एक गोल उपाहार पाएको थियो । 
यो जितसँगै लिभरपुल प्रतियोगितामा लगातार दोस्रो पटक अन्तिम ८ मा प्रवेश गरेको हो । बार्यन म्युनिखको घरेलु मैदान भएको खेलमा लिभरपुलले साडियो मानेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । उनले खेलको २६ औँ मिनेटमा गोल गरेका थिए । उता बार्यनले खेलको ३९ मिनेटमा आत्मघाति गोलबाट खेल बराबरीमा ल्याएको थियो । 
पहिलो हाफ बराबरी सकिएको खेलको ६९ औ मिनेटमा भर्जिल भान डेजकले गोल गर्दै लिभरपुललाई पुन एक गोलको अग्रता दिलाए । लिभरपुलका मानेले नै खेलको ८४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई क्वाटरफाइनलमा पुगाए । 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार