site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकको अवरोध हट्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । फेसबुकका सेवाहरूमा बुधबार रातिदेखि विश्वभर अवरोध देखिएपनि केही बेर अघि देखि खुल्न थालेको छ । फेसबुक गएको रातिदेखि नै अवरुद्ध रहँदै आएको थियो ।
खुलेको बारेमा भने फेसबुकले औपचारिक रुपमा केही बताएको छैन । बुधवार राति नेपाली समय अनुसार लगभग १० बजे फेसबुक नखुल्ने समस्या देखिन थालेको थियो । मोबाइलबाट लगआउट नभएको अवस्थामा खुल्ने गरेपनि डेस्कटपमा खुलेको थिएन । 
कतिपय अवस्थामा फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका थिएनन् । म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको थियो । 
“फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,“ फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको थियो । 
अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको थियो ।

अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको हो । यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए। अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC