site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिके राउत प्रकरणमा प्रधानमन्त्रीको टिप्पणी–राष्ट्रघात भन्नु स्तरहीन बहस
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी विचारको अवशान र अवतरण भएको विषयलाई राष्ट्रघात भन्ने आरोप कुनै बहस गर्ने स्तरकै नभएको बताएका छन् । बुधबार साँझ नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा  उनले पृथकतावादको चिन्तन कसैका लागि पनि प्रिय नहुने र त्यसको अवशान हुनु ठूलो सफलता भएको बताए । 

उनले यो विषयमा राष्ट्रघात भयो भन्नु र फसाइएको आरोप लगाउनुलाई पृथकतावादबाट जिविका चलाउनेहरुको काम भएकोे बताए । उनले यो सफलतालाई जनताले ठूलो उपलब्धीका रुपमा लिएको बताउँदै भने,“सबैले बुझ्छन् भन्ने छैन । बुझ्दै जानेछन् ।”

उनले आफू सानो हुँदा भारतीय सेनामा काम गर्ने आफ्नो हजुरबुवा सरहको मान्छेले अँध्यारोमा ठूलो टर्च लाइट बाल्दा के आयो भनेर सर्बसाधारणले ज्योतिषी बोलाएको प्रसंग उल्लेख गर्दै पछि टर्च ल्याउनेले नै सबै कुरा बताइदिनु परेको प्रसंग समेत जोडेका थिए ।

Agni Group

उनले डा. सिके राउत राष्ट्रिय अखण्डता र सार्वभौम सत्ता स्वीकार गर्दै जनअभिमत अनुसार चल्न तयार भएको उल्लेख गर्दै जनअभिमतको अर्थ जनताको इच्छा अनुसार चल्ने भएको समेत उल्लेख गरे । 

उनले यस्तो विषयमा पनि जानकारी नराखी आलोचना गर्नुलाई लोकतन्त्रको बारेमा सामान्य जानकारीसमेत नभएको रुपमा अथ्र्याएका थिए । 

Global Ime bank

उनले कसैसँग सल्लाह नै नगरी सहमति भएको भन्ने आरोपका सम्बन्धमा टिप्पणी गर्दै जहाँ छलफल गर्नुपर्ने हो त्यहाँ गरिएको र जहाँ कुरा गर्दा भाँडिने अवस्था हुन्थ्यो त्यहाँ कुरा नगरिएको समेत जनाए ।

उनले सिके राउत अदालतबाट छुट्नासाथ सहमति भएको विषयमा सरकारले अदालतसँग साँठगाँठ गरेको भन्ने आरोप लगाइएकोमा त्यसको खण्डन गर्दै पहिला पनि सिके राउत अदालतबाट छुट्ने र पक्राउ पर्ने हुँदै आएकोमा त्यतिबेला प्रश्न नउठेको तर अहिले के पर्यो र प्रश्न उठाइँदै छ भन्ने प्रतिप्रश्न गरेका थिए ।

उनले अँध्यारो कोठामा सहमति खोजिएको भनेर आरोप लागेको प्रसंगमा ठट्यौलो जवाफ दिँदै  दिउँसो  राष्ट्रिय सभामा बत्ति बालेर भएको सहमति कसरी अँध्यारो कोठामा हुन्छ भनेर आश्चर्य प्रकट गरेका थिए ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC