site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुक अवरुद्ध, अहिलेसम्मकै खराब समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेसबुकका सेवाहरूमा विश्वभर अवरोध देखिएको छ । यो समस्या फेसबुकले अहिलेसम्म व्यहोरेको सबैभन्दा खराब समस्या भएको बताइएको छ ।

नेपाली समयअनुसार बुधवार राति १० बजेबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ । फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममासमेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन् । म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ । ह्वाट्सएपमा यसको असर देखिएको छैन ।

“फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,” फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

Global Ime bank

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ ।

अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ ।

यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए । अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC