site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली लोक साहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई  १ लाख एक हजार रुपैयाँ नगद राशीसहित सम्मान गरिएको छ ।  
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।
विदेशमा बसेर पनि नेपाली लोक साहित्यमा योगदान गर्ने व्यक्तिलाई १ हजार १ युएस डलर र नेपालमा बसेर योगदानगर्ने व्यक्तित्वलाई हरेक वर्ष १ लाख एक हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिँदै आइएको कार्यक्रममा संस्थापक महेश्वर पन्तले बताए । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कालीभक्त पन्त नेपाली लोक साहित्यका नक्षत्र भएको बताए । सम्मानित व्यक्तित्व सत्यमोहन जोशीले कालीभक्त पन्तको प्रेरणाले नै आफू यस क्षेत्रमा लागेको स्मरण गरे । 
प्रतिष्ठानका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा साहित्यकार गोपीकृष्ण, किशोर पहाडी, गोविन्द गिरी प्रेरणाले पनि बोलेका थिए । 
कार्यक्रममा महेश्वर पन्तको दोस्रो कथा कृति ‘नबोल्नेहरू’को  पनि लोकार्पण गरिएको थियो । सोही अवसरमा ब्लड डोनर्स अफ अमेरिकाद्वारा आयोजना गरिएको कविता महोत्सवमा प्रथम, द्वीतिय र तृतिय पुरस्कार प्राप्त गर्ने कविहरु रमेश सागर, गीता पुडासैनी र रामगोपाल आशुतोषलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC