काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौनियारले गर्दै आएका अनियमिततासम्बन्धमा विस्तृत छानबिन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अनियमितताका विषयमा छानविन गर्न दुई समिति गठन गरेको थियो। समितिले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार प्रतिवेदन बुझाएको थियो।
सोही प्रतिवेदनका आधारमा मन्त्री यादवले मन्त्रीस्तरीय निर्ण गदै बुधबार डा रौनियारलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेका हुन्।
सिफारिसमा समितिले मन्त्रालयमा पठाएको प्रतिष्ठानका उपकुलपति डा रौनियारले सम्पादन गरेका अनियमित कार्यहरुको छानबिन प्रतिवेदन समेत पेस गरिएको छ।