site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कति कमायो ‘बुलबुल’ले ? अब ओभरसिज मार्केट जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ले डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फागुन ३ गते रिलिज भएको चलचित्रले चौथो हप्तामा आइपुग्दा डेढ करोड ग्रस कलेक्सन गरेको हो ।

८० लाखमा निर्माण भएको चलचित्र ‘बुलबुल’ अहिले कुमारी मल्टिप्लेक्समा एक शो चलिरहेको छ । एक करोडमा निर्माण भएको चलचित्रले लगानी उठाउन तीन करोड रुपैयाँ ग्रस कलेक्सन गर्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै ठूलो व्यानरका चलचित्रको मारमा परेकाले पनि त्यसको प्रभाव कलेक्सनमा परेको निर्देशक विनोद पौडेल बताउँछन् । “फिल्मलाई समीक्षकले राम्रो भन्नुभयो । बौद्धिक वर्गले पनि रुचाउनु भयो । तर बलिउड, हलिउड र नेपालकै चलचित्र एकै दिन र त्यसपछिको हप्तामा रिलिज भएकाले त्यसको प्रभाव पनि हाम्रो चलचित्रका पर्यो,” उनले भने ।

‘बुलबुल’ रिलिज भएको दिन बलिउडको ‘गल्ली ब्वाइ’ र हलिउडको ‘अलिटा’, तथा पछिल्लो हप्ता ‘टोटल धमाल’ लागेको थियो भने त्यसपछि आएका नेपाली चलचित्र ‘क्याप्टेन’ र ‘ब्रेकअप’ले पनि व्यापारमा असर गरेको विनोद बताउँछन् । 

Global Ime bank

‘बुलबुल’ ओभरसिज मार्केटमा पनि जान लागेको उनले जानकारी दिए । विनोदका अनुसार अमेरिका, अष्ट्रेलिया, युके तथा युरोपका अन्य केही देशमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी छ । यी देशबाट ४० देखि ५० लाख रुपैयाँ आउने उनको भनाइ छ । 

विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् । 

यसैबीच, चलचित्र ‘बुलबुल’ अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि छनोट भएको छ । उक्त फेष्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुँदैछ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC