ज्वाइन्ट भेन्चर बैंकमा खाता हुँदा डराए सांसद, विवरण विदेश नपुग्ने अर्थमन्त्रीको आश्वासन

ज्वाइन्ट भेन्चर बैंकमा खाता हुँदा डराए सांसद, विवरण विदेश नपुग्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । बुधबार संसदमा सांसद प्रेम सुवालले भने, “देशको अर्थतन्त्रका लागि बैंकहरु शरीरको स्नायू प्रणाली झैं हुन्छन् । यो प्रणालीमा विदेशी संलग्नता भए अर्थतन्त्र नै विदेशीको कब्जामा जान्छ ।” अझ सिंहदरबार भित्रै वा संसदका कर्मचारीकै बैंक खाता विदेशीको लगानी भएको बैंकमा हुँदा सबै सूचना विदेशीसामु जाने उनको डर थियो ।
उनको यो जिज्ञाशा सिंहदरबारभित्र सरकारी स्वामित्व भएका बैंकको कार्यालय नखोलिएको विषयबारे थियो । यसअघि संघीय संसदबाट सेवा सुविधा प्राप्त भएको रकम विदेशीसँग ज्वाइन्ट भेन्चर भएको बैंकबाट कारोबार हुँदै आएको बारे संसद बिन्दा पाण्डेले अर्थमन्त्रीलाई सोधेकी थिइन् ।
संसदको नियमित कार्यसूचीअनुसार बुधबारको कार्यक्रममा संसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई यसबारे सोधेका थिए । यससँगै स्थानीय तहको सरकारी कारोबार नेपाली बैंकमार्फत् गरियोस् भन्ने माग उनीहरुको थियो ।
गभर्नरले एक वर्षअघि सिंहदरबारभित्र सरकारी बैंकको शाखा कार्यालय खोल्ने जनाएका थिए । तर, यस अवधिमा भारतको पञ्जाव बैंकसँग ज्वाइन्ट भेन्चरमा सञ्चालित एभरेस्ट बैंकको कार्यालय रहेको सिंहदरबारभित्र नेपाली बैंक प्रवेश अनुमति नदिएको विषयमा पनि संसदहरुले प्रश्न गरेका थिए । 
संसदहरु भीम रावल, अनिल झा लगायतले संसदका कर्मचारी तथा सदस्याले नेपाली बैंकबाटै सेवा सुविधा पाउनुपर्ने माग राखेका थिए । स्थानीय तहमा पनि सकेसम्म सरकारी बैंक नै पुगोस्, वैयक्तिक सुविधालाई विकल्पका रुपमा नलिईन उनीहरुको आग्रह थियो ।
यसअघि संसद सदस्यका स्वकीय सचिवलाई पनि एभरेस्ट बैंकबाटै सुविधा बुझ्न निर्देशन दिइएको थियो । संसदमा प्रश्न उठेपछि अर्थमन्त्री खतिवडाले नेपालमा खोलेका विवरण नेपालभित्र सुरक्षित हुने र कुनै प्रकारले मुलुक बाहिर जाने कुरा नहुने सम्झाए । उनले भने, “बैंक खाता खोल्दा भरिने केवाईसीको विवरण बैंक, अदालत र राष्ट्र बैंकले मात्र हेर्न पाउँछन् । त्यो टेरिटोरिभन्दा बाहिर जान पाउँदैन ।”
जोइन्ट भेन्चर भन्दैमा सम्पूर्ण विवरण अन्य देश नजाने उनको दाबी छ । उनले भने, “मुलुकको वित्तीय प्रणालीका आवश्यक सूचना नियामक निकाय राष्ट्र बैंक र अदालतले खोजेको अवस्थामा मात्र आउँछन् । सबै गोप्य हुन्छन् ।”
सबै कर्मचारीले आफूलाई पायक पर्ने बैंकमा खाता खोली सोही बैंकबाट सुविधा पाउने विषयमा सरकार संसद सचिवालयलाई सहयोग गर्न तयार रहेको उनले बताए । सरकारले सबै बैंकलाई समान व्यवहार गर्ने भएकाले निर्देशन दिन नमिल्ने उनले बताए । 
उनका अनुसार नेपालमा दुई प्रकारका बैंक छन् । आंशिक सरकारी लगानी र निजी क्षेत्रको संयुक्त लगानी भएको । संयुक्त लगानी विदेशी वा नेपालीको हुन सक्छ तर सबै निजी हुन् । विदेशी पुँजी प्रविधि प्रयोग गरी खुलेपनि नेपालको नियमानुसार सञ्चालन हुने र सरकारले गर्ने व्यवहार समान व्यवहार हुने उनले बताए ।
सरकारी कारोबार सरकारी बैंकबाट गर्नुपर्ने अभ्यास नयाँ भने होइन । सरकारी बैंकको दायरा सबैतिर नपुगेको, तत्कालीन अवस्थामा ती बैंक अस्तव्यस्त भएका कारण निजी क्षेत्रलाई पनि सरकारी कारोबार गर्ने सुविधा दिइएको थियो । त्यसका राष्ट्र बैंकको सरकारी कारोबार पुनरावलोकन समितिले दिएको सिफारिस अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले यस्तो कारोबार गर्न पाउँछन् । अहिले एभरेष्ट बैंकले पनि सोही व्यवस्थाअनुसार कारोबार गरिरहेको हो ।
तर, सरकारी निकाय र संस्था तथा पदाधिकारीले आफ्नोे खातामा रकम जम्मा गर्न पाउँछ । “यो उहाँहरुको इच्छा हो,” उनले थपे । कर्मचारीको इच्छाअनुसार सुविधा सोही बैंकमा जम्मा गराउन अर्थमन्त्री खतिवडाले संसद सचिवालयलाई अनुरोध पनि गरे ।
पायक पर्ने स्थानमा सरकारी बैंकको शाखा खोल्न आवश्यक सहयोग गर्न सरकार तयार भएको उनले बताए । भने, “बैंकको शाखा खोल्नका लागि पूर्वाधार तयार पार्न सरकार प्रतिबद्ध छ ।” सरकारले सिंहदरबारभित्र सरकारी बैंकको अनुमति दिइसकिएको, राष्ट्रिय वाणिज्य बैंकले एटीएम राख्ने ठाउँ खोजिसकेको उनको दाबी छ ।

सबै बैंकलाई समान व्यवहार
अर्थमन्त्री खतिवडाका अनुसार नेपालमा पूर्ण स्वामित्वको सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकमात्र हो । नेपाल बैंक र र कृषि विकास बैंक पनि निजी बैक नै हुन् । हाल सञ्चालित आधा दर्जनमा बैंकमा विदेशी लगानी छ ।
मन्त्री खतिवडाले दुर्गम स्थानमा सरकारी बैंकमात्र जान असम्भव रहेको पनि बताए । दुर्गममा सरकारीलाई पठाएर सम्भावना भएको स्थानमा निजीलाई पठाइनु प्रतिस्पर्धा नभएको उनले बताए । उनले भने, “जसरी सिंहदरबारमा विभेद गर्नुहुँदैन, दुर्गममा जान पनि विभेद गर्नुहुँदैन । सरकारको नीति पनि यही हो । सरकारी बैंकलाई अफ्ठेरो स्थानमा पठाएर व्यवासायिक प्रतिपर्धा कायम हुँदैन । न्यायसंगत हुँदैन ।”
सोही अवसरमा उनले हालसम्म ७ सय ८ स्थानीय तहमा वाणिज्य बैंक पुगेको संसदलाई जानकारी गराए । यसमा सरकारी–निजी सबै छन् । बाँकी स्थानमा यही आर्थिक वर्षभित्र पुगिसक्ने उनले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

नेपाललाई सुरुङमार्ग निर्माणमा स्वीस दक्षताको खाँचो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडासँग स्वीस डेभलपमेन्ट को-अपरेशन एजेन्सीका महानिर्देशक मेनुएर सागरले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा

अर्थमन्त्रीको व्यस्तताले संसदीय समितिको बैठक स्थगित

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समिति बैठक स्थगित भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यव्यस्तताका कारण बैठक

सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताएका छन् । प्रतिनिधिसभाको

'लगानी बोर्डलाई बलियो बनाउन कानून ल्याएका हौं’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले लगानी बोर्डलाई बलियो बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन्। अर्थमन्त्री खतिवडाले ठूला