site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षक अभावमा विद्यार्थी नै \'शिक्षक\' बन्‍नुपर्ने बाध्यता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षक अभावमा सुधार गृह माध्यमिक विद्यालयको पठन-पाठन विद्यार्थीकै काँधमा छ ।

विद्यालयले पठन पाठन प्रभावित नहोस भनेर माथिल्ला कक्षाका जेहेन्दार विद्यार्थीहरुलाई साना कक्षामा पढाउने जिम्मेवारी दिँदै आएको छ। 
  
विद्यालयकी प्रधानाध्यापक रेखा पोखरेलले विद्यालयमा ६ जना शिक्षकमात्रै रहेको बताइन्। उनले माध्यमिक तहमा २ जना, १ जना प्रधानाध्पाक, १ जना परामर्शकर्तालगायत ६ जना
शिक्षकलेमात्रै सबै कक्षा लिन नभ्याएपछि शिक्षक अभावले कक्षा १० का जेहेन्दार विद्यार्थीलाई साना कक्षाका बालबालिकाहरुलाई पढाउन लगाएको बताइन्।
 
प्रधानध्यापक पोखरेलले सबै विषयको विषयगत शिक्षक त छँदैछैन बताउँदै भन्छिन्- "कक्षा ५ देखि १० सम्म अध्यापन हुने यस विद्यालमा शिक्षको व्यापकै अभाव रहेको बताउँदै
अंग्रेजीको शिक्षकले नै सामाजिक शिक्षा विषय पनि पढाइरहेको हुन्छ। त्यसले पनि नपुगेर काउन्सिलिङको शिक्षिकाहरुले पनि पढाउनु पर्ने बाध्यता रहेको बताइन्।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानाध्यापिका पोखरेलले त्यसैले ठूला कक्षाका अनुशासित विद्यार्थीलाई हामी क्यापटेन बनाउँछौं र हामी शिक्षकहरु जसरी परीक्षा पास गरेर आएका छौं, त्यसरी नै ती
बालबालिकाहरुलाई लिखित र मौखिक परीक्षा लिन्छौं। परीक्षाबाट छनोट भएर आएका विद्यार्थीलाई हामी शिक्षक बनाउँछौं।

उनले सुधारगृह विद्यालयका लागि थप तथा विषयगत शिक्षकको माग सरकारसँग गरेको बताउँदै प्रकृया अगाडी बढाएको बताइन्। 

Global Ime bank

जानेर वा अन्जानबस अपराधिक गतिविधिमा मुछिएका वा संलग्न बालबालिकालाई सुधारकालागि बाल सुधार गृहमा पठाउने गरिएको छ। यहाँ विभिन्न केसमा परेका बालबालिकाहरु आश्रित छन्। ती आश्रित सम्पूर्ण बालबालिकाहरुका लागि शिक्षा उपलब्ध गराउने उद्देश्यले सुधारगृह माध्यमिक विद्यालय स्थापना भएको हो।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC