site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संस्कृतको संरक्षणमा ज्ञानकूपमा याज्ञवल्क्य
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । संस्कृत विश्वको प्राचीनतम भाषा हो। पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन्। नेपाली भाषाको जननी मानिने संस्कृत भाषा हाम्रो संस्कृतिसँग पनि जोडिएको छ। हाम्रा अद्वितीय शास्त्रहरू यसैमा लिपिबद्ध छन्।

संस्कृतको ज्ञानबिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिँदैन। उत्पत्तिको हिसाबले एसिया संस्कृत भाषाको जननी मानिन्छ तर, आज संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनका लागि खासै पहल हुन सकेको छैन्। एकथरीले त संस्कृत भाषाको युग सकिएको समेत भन्‍न पछि पर्दैनन्। 

प्राय विद्यालयहरुमा संस्कृति शिक्षा कुन चराको नामजस्तै भइसकेको छ। तर, जनकपुरस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा भने नियमित ६ सय विद्यार्थी अध्ययनरत छन्।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त विद्यालय एउटा नमुना कै रुपमा विद्यमान छ। जहाँ प्रत्येकले संस्कृत शिक्षा ग्रहण गर्छन, ज्योतिष पढ्छन् र रुद्राभिषेक कला सिक्छन्। विद्यार्थी नभएर कतिपय सामुदायिक विद्यालयहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। जहाँ एक दशक अघिसम्म कक्षा भरिभराउ हुन्थ्यो त्यहाँ आज विद्यालय नै खाली हुन थालेका छन्। सम्पूर्ण विद्यालयमा औंलामा गन्न सक्ने विद्यार्थीको उपस्थिति छ।

त्यही जनकपुरस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा आजका दिनमा पनि नियमित ६ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयका वैदिक आचार्य मनबोध झा भन्छन्, "विद्यालयमा ६ सय विद्यार्थी छन् भने सबै नियमित कक्षामा आउने गरेका छन्। धर्मजस्तै संस्कृतको औचित्य कहिल्यै समाप्त हुँदैन।"
 
के-के पढ्छन् विद्यार्थी

Global Ime bank

झाले विद्यालयको होस्टेलमा कूल ४० जना विद्यार्थीहरु आश्रित रहेको बताए। उनले संस्कृत शिक्षाअन्तर्गत ज्योतिष, व्याकरण र भाषालगायतको पढाई हुन्छ। उनले संस्कृत विषयप्रति आर्कषण राम्रै रहेको बताउँदै भने, “सुरुमा भाषा केही गाह्रो लागेपनि बुझ्दै जाँदा इच्छुक भएर बढ्नेको संख्या अधिक रहेको छ।"

त्यस्तै उनले विद्यालयमा प्राविधिक शिक्षाको पनि व्यवस्था गरिएको जानकारी दिए। उनले प्राविधिक शिक्षामा तीन वटा कक्षा मात्रै संचालनमा रहेको बताउँदै जसमा प्रत्येक कक्षामा ४८ विद्यार्थीको कोटा रहेको बताए।
 
आचार्य झाले यस वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयबाट मान्यता प्राप्त उत्तरमध्यमाको समेत अध्यापन हुन थालेको जानकारी दिए। उनले हाल उत्तरमध्यमा शिक्षाअन्तर्गत इन्टरमेडिएट प्रथम वर्षको कक्षा संचालन भइरहेको जानकारी दिए।

संस्कृत विद्यालयमा आश्रित कूल ४० विद्यार्थीहरुले बिहान ध्यान र रुद्राभिषेक गरिसकेपछि बिहान १० बजेदेखि तिनीहरुको विद्यालयको पढाई आरम्भ हुन्छ। एसईई दिएपछि यहाँका विदार्थीहरु जहाँ पनि गएर पढ्न सक्ने हुन्छन् बताउँदै वैदिक आचार्य मनबोध झाले कक्षा ६ देखि १० सम्म सबैले पढ्ने सामान्य शिक्षा यी विद्यार्थीहरुलेपनि ग्रहण गर्ने गरेको जानकारी दिए। उनले त्यसमा पनि संस्कृत अनिवार्य रहेको बताए। उनले भने, "कक्षा ९ देखि ११ सम्मको टेक्निकल शिक्षातर्फ भने संस्कृत विषय अनिवार्य नगरिएको जानकारी दिए।

गुठीको राहत

विद्यालयका अनुसार गुठीको राहत उपलब्ध छ। गुठीले ६५ जना विद्यार्थीको लागि सम्पूर्ण खर्च उपलब्ध गराउने गरेको छ। उनले कक्षा १ देखि ५ सम्मका बालबलिकाहरुका लागि सरकारले दिवा खाजा भर्खरै सुरु गरेको बताए।

संस्कृत अब ब्राह्मणको शिक्षामात्र रहेन

कुनै बेला ब्राह्मणका छोराछोरीको अध्ययनसम्म सिमित पारिएको संस्कृत शिक्षा याज्ञवल्क्य संस्कृत विद्यालयमा भने सबै समुदाय र जातजातिका बालबालिको समान पहुँच भएको वर्षैं भएको आचार्य झा बताउँछन्।

उनले अझ दलित विद्यार्थीहरुलाई समेत अध्ययनमा प्रोत्साहन होस भनेर छात्रवृत्ति उपलब्ध गराएर पढाइएको जानकारी दिए। उनले दलित बालबालिकाको संख्या पनि उल्लेख्य रहेको जानकारी दिए।

उनले दलितलगायत अन्य जेहेन्दार विद्यार्थी गरी ७० जनालाई छात्रवृत्ति उपलब्ध रहेको बताउँदै सबै कक्षामा कम्तिमा १० जना विद्यार्थी छात्रवृत्तिबाट पढ्दै आएको जानकारी दिए।  उनले पाठ्यपुस्तकको उपलब्धता रहेको बताउँदै भने, "पुरानो विद्यार्थीको पाठ्यपुस्तक लिएर पनि पठन-पाठन गर्दै आइरहेका छौं। सबै विद्यार्थीले पाठ्यपुस्तक समयमै पाइरहेका छन्। 

पुरातत्व विभागको बेवास्ता 

१९६६ सालमा जनकपुरका मौनी बाबाद्वारा स्थापित उक्त विद्यालयले शतवार्षिकी मनाइसकेको छ। पौराणिक मान्यता अनुसार जनकपुत्री जानकीले पनि सोही विद्यालयलबाट अध्यनारम्भ गरेको किम्वदंती छ। याज्ञवल्क्य पनि यही बसेर तपस्या गरेको मान्यताअनुसार विद्यालयको नाम नै याज्ञवल्क्य राखिएको वैदिक आचार्य झा बताउँछन्। 

आचार्यका अनुसार मिथिलामा पौराणिक कालका तीन वटा कूपहरु (इनार) छन्। ज्ञानकूप, विद्याकूप र सडानन्द कूप। जसमध्येको ज्ञानकूप विद्यालय परिषरभित्र अझै अवस्थित छ। यद्यपि ती कूपहरुको एतिहासिकता पुरातत्व विभागले खोजी गरेरमात्रै पत्ता लगाउन सकिने उनको भनाइ छ। 

उनले विद्यालयले धेरै पटक पुरात्व विभागलाई अनुसंधानको लागि आग्रह र पहल गरे पनि अहिलेसम्म पुरातत्व खोजको लागि आइनपुगेको जानकारी दिए। संस्कृत शिक्षाको उत्थानमा विद्यायल सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। संस्कृतको युग नै समाप्त हुन लागेको भनाइप्रति उनी भन्छन्, "त्यस्तो होइन हामी प्रबर्द्धनमा लागेका छौं र अभिभावकलाई पनि आफ्ना बालबालिका विद्यालयमा पठाउनुस् भनेर आग्रह गर्छौं।" उनले कमजोर विद्यार्थीलाई लक्षित गरेर बिहान र बेलुका अतिरिक्त कक्षा पनि संचालन भइरहेको जानकारी दिए।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC