site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाहिर हुदाँ नेपाल धेरै मिस हुन्छ : सन्दीप लामिछाने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले फ्रेन्चाइज लिगले आफ्नो खेल स्तरमा सुधार भएको बताएका छन्। पाकिस्तान सुपर लिग (पीएसएल) सकेर मंगलबार स्वदेश फर्किएका सन्दीपले निरन्तर खेलिरहँदा खेलमा सुधार भइरहेको बताए।
 
अस्ट्रेलियामा बीग बासको फाइनलसम्म खेलेका सन्दीप त्यसपछि पीएसएल खेल्न युएई गएका थिए। युएईबाट बाँकी खेल खेल्न पाकिस्तान पुगेका सन्दीप दिउँसो काठमाडौं आइपुगेका हुन्। उनले पाकिस्तान सुपर लिगमा केही त्रुटि भए पनि समग्रमा प्रदर्शन राम्रो भएको बताए। बाहिर रहँदा नेपाल धेरै मिस हुने बताएका सन्दीप केही दिनपछि भारत जाने छन्। 
आइपिएलमा उनी दिल्ली क्यापिटल्समा आबद्ध छन्।
 
सन्दीपले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट सात खेलमा ११ विकेट लिएका थिए। पहिलो खेलमा सुल्तान मुल्तानविरुद्ध ३ विकेट लिएका सन्दीपले दोस्रो खेलमा क्युटा ग्लाडिएर्टसविरुद्ध १ विकेट लिए। 

त्यस्तै तेस्रो खेलमा पुनः क्युटा ग्लाडिएर्टसविरुद्ध सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिँदै १० रन खर्चेका थिए। उक्त खेलमा सन्दिप म्यान अफ द म्याच पनि भएका थिए।
 
चौथो खेलमा कराँची किङ्सविरुद्ध सन्दीपले २ विकेट लिए। पाँचौ खेलमा पेशावर जाल्मीविरुद्ध सन्दीप विकेटबिहिन रहदा छैटौँ खेलमा एक १ विकेट लिए। सातौं खेलमा आइतबार सन्दीपको बलिङ महँगो सावित भयो। २ दशमलव ३ ओभर बलिङ गरेका सन्दीपले २८ रन खर्चिए।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC