site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
११ बुँदे सम्झौता जेलमुक्त हुने चालबाजीः विवेकशील साझा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवकेशील साझा पार्टीले सीके राउतसँग भएको सहमति खारेज गर्न माग गरेको छ । विवेकशील साझाले विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयास स्वागतयोग्य भए पनि राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
“विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासको विवेकशील साझा पार्टी सधैँ स्वागत गर्दछ। तर राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय छ,” पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा प्रेषित वक्तव्यमा उल्लेख छ, “सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समूहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ। त्यसको विवकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानुनी कारवाहीको माग गर्दछ।”

साथै, ११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको भन्दै यस्ता विषयहरूमा भविष्यमा गम्भिरता प्रदर्शन गर्न पनि विवेकशील साझाले सरकारसँग आग्रहसमेत गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विवेकशील साझा पार्टीले यसै हप्ता तराई–मधेसका विभिन्न स्थानमा ‘मधेस मन्थन’ का श्रृङ्खला सम्पन्न गरेको स्मरण गराउँदै उक्त सिलसिलामा तराई–मधेसका राजनीतिक अभियन्ता, वुद्धिजिवी, युवा, महिला, नागरिक समाजका अगुवा र सामाजिक कार्यकर्ताहरुले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताप्रति देखाएको अविचलित प्रतिवद्धताले सिके राउत समूहले तराई–मधेसको आम भावनालाई विल्कुलै प्रतिनिधित्व नगर्ने पार्टीले बताएको छ । 

सम्झौतालगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टीले मागसमेत गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC