site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यति छिटो निजी विद्यालयलाई अंकुश लगाउन हुँदैनः सभामुख महरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सरकारले यति छिटो निजी विद्यालयहरुलाई अंकुश लगाउन नहुने बताएका छन् । देशमा समाजवाद उन्मुख शिक्षाको विषय उठाएपनि यो १० वर्षमा स्थापित हुने विषय नै होइन भन्दै उनले नेपालमा समाजवाद आउन धेरै वर्ष लाग्ने बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख महराले निजी क्षेत्रलाई समर्थन र प्रोत्साहन नगरे देशको आर्थिक उन्नति नहुने तर्क गरे । सभामुख महराले सरकारले निजी विद्यालयलाई नियमन गर्नु ठीक रहेपनि नियन्त्रण गर्न नहुने बताए । उनले शिक्षामा विदेशी लगानी पनि केही मात्रामा ल्याउनैपर्नेमा जोड दिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकहरुलाई मनमा कुनै संशय नराखेर शिक्षामा लगानी गर्न आग्रह गरे । उनले लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने बताउँदै निजी लगानीको नियमन र व्यवस्थापन पनि सरकारले गर्ने कुरामा जोड दिएका थिए ।  
मन्त्री पोखरेलले निजी विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै यसले विद्यालय स्तरका बालबालिकाहरु विदेश पलायनमा निकै ठूलो भूमिका खेलेको बताए । उनले निजी विद्यालयका कारण विदेश जाने विद्यार्थीको संख्या घटेको बताउँदै अभिभावकको छनोटमा निजी विद्यालयहरु पर्नु गुणस्तरीय शिक्षाकै कारण रहेको बताएका थिए ।
कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले निजी विद्यालय बन्द गरे गुणस्तरीय शिक्षामा कसले लगानी गर्ने भनेर प्रश्न गरे । प्याब्सनका अध्यक्ष विजय साम्वाहाम्फेले एकता र सहमतिको राष्ट्रिय महाधिवेशन बनाउने प्रतिवद्धता व्यक्त गरे । 
जारी प्याब्सनको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि डिके ढुंगाना र टीकाराम पुरीले उम्मेदवारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC