site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'११ बुँदेप्रति प्रतिबद्ध छौँ, जनअभिमत भनेको जनमत संग्रह होइन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘स्वतन्त्र मधेस गठबन्धन’का संगठन सचिव चन्दन सिंहले ११ बुँदेप्रति आफ्नो प्रतिबद्धतामा शंका नगर्न सबैलाई अपिल गरेका छन्।

बाह्रखरीसँग मंगलबार संक्षिप्त कुराकानी गर्दै संगठन सचिव सिंहले संविधानको परिपालना गर्न गठनबन्धन तयार रहेको र सोही अनुरूप बुझ्न र अन्यथा अर्थ नलगाउन अनुरोध गरेका हुन्। "११ बुँदामा सबैकुरा उल्लेख छ। नेपाली भाषामै त्यो लेखिएको छ। सहमति पत्रमा जे लेखिएको छ, हामी त्यसमा इमान्दार छौँ,” उनले भने।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जनअभिमत भनेको व्यापक शब्द भएकाले जनमत संग्रह पनि अर्थलाग्न सक्ने तर संविधानभन्दा पर रहेको त्यसको अर्थ भने नलगाइने उनको प्रष्टोक्ति थियो।

‘कार्यकर्तालाई सम्झाउँछौं’

Global Ime bank

सिके राउत गृहनगर पुग्दा लागेको स्वतन्त्र मधेसको नारा, अलग राज्यको मागसहितको ब्यानरप्रति आफू गठबन्धन संवेदनशील रहेको स्वीकार्दै सरकारसँगको वार्ताको सहजकर्तासमेत रहेका सिंहले भने, “हाम्रा हजारौँ, लाखौँ कार्यकर्ता छन्। सरकारसँगको सम्झौताबारे सबैलाई जानकारी पनि छैन। हामी सम्झाउँदैछौँ। संयमित तुल्याउँछौं।”

उनले ११ बुँदेप्रतिको इमान्दारितामा शंका नगर्न र पालना गर्न गठबन्धन पूर्णरूपमा तत्पर रहेको उनले बताए। “१ देखि ११ नम्बरसम्मका बुँदा पालना गर्न हामी तयार छौँ। सरकार पनि तयार छ। यसमा अनावश्यक शंका नगरौँ,” उनले भने।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC