site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्याक्सी नम्बर किनबेचको भार यात्रुको टाउकोमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ०५७ सालदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन । २० वर्ष पुराना ट्याक्सी हटाएर नयाँ ट्याक्सी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने माग सरोकारवालाले गर्दै आएका छन् । तर, यातायात व्यवस्था विभागले पुरानै नम्बरको सट्टामा नयाँ ट्याक्सी दर्ता गर्दै आएको छ ।

गएको असोज १२ गते विभागले सम्पूर्ण अञ्चलका यातायात व्यवस्था कार्यालयहरुलाई २० वर्ष पुरानो ट्याक्सीको नम्बरमा नयाँ ट्याक्सी दर्ता गर्न नदिन परिपत्र गर्यो । २० वर्ष पुराना ट्याक्सीलाई पूर्ण रुपमा विस्थापन गर्ने रणनीतिका साथ विभागले यस्तो परिपत्र गरेको हो ।

२० वर्ष पुराना ट्याक्सी हटाउने तर नयाँ ट्याक्सी दर्ता गर्नका लागि माथिल्लो तहबाट निर्देशन नआउँदा उपत्यकामा ट्याक्सीको संख्या घट्यो । “२० वर्ष पुराना भाडाका सवारी चल्न नदिने सरकारको व्यवस्थाअनुसार पुराना ट्याक्सीको नम्बरको सट्टामा नयाँ ट्याक्सी दर्तामा रोक लगायौं,” यातायात व्यवस्था विभागका एक अधिकृतले भने, “तर सरकारले नयाँ ट्याक्सी व्यवसायीलाई प्रोत्साहन गर्दै नयाँ ट्याक्सी दर्ता नखोलेपछि उपत्यकामा ट्याक्सीको संख्या घट्न थाल्यो । यात्रुको चापअनुसार ट्याक्सी थोरै देखिने भएपछि हामीले अहिले २० वर्ष पुराना नम्बरको सट्टामा नयाँ ट्याक्सी दर्ता गर्न सबै कार्यालयहरुलाई परिपत्र गरेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी एकान्तकुनाले उपत्यकामा ५ हजार ट्याक्सी आवश्यक परेकाले दर्ता खोल्न ०६९ माघमा विभागलाई पत्राचार गर्यो । ०७० मा विभागले मन्त्रालयलाई पत्राचार गर्यो । मन्त्रालयले ट्याक्सी खोल्ने निर्णय गर्न फाइल मन्त्रिपरिषद् बैठक पुर्यायो । 

मन्त्रिपरिषद् बैठकले ०७१ भदौ १९ गते ट्याक्सी खोल्नका लागि मन्त्रालयलाई एउटा कार्यदल गठन गरेर १ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउन निर्णय गरेको थियो । “मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यदल गठन त भयो तर कार्यदलले विभाग हुँदै एकान्तकुनाबाट आएको ट्याक्सीको माग संख्याको थप अध्ययन गरेन,” विभागका एक अधिकृतले भने ।

Global Ime bank

माथिल्लो निकायबाट नयाँ ट्याक्सीको दर्ता खुलाउन कुनै पहल नभएपछि विभागले गएको पुस १८ मा २० वर्ष पुराना ट्याक्सीको नम्बरको सट्टामा नयाँ ट्याक्सी दर्ता गर्न सबै यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको हो ।

विभागले कार्यालयहरुलाई गरेको दोस्रो परिपत्रका आधारमा अहिले एकान्तकुना कार्यालयले २० वर्ष पुराना ट्याक्सीलाई स्क्राप गर्दै तिनको नम्बरको सट्टामा नयाँ ट्याक्सी दर्ता गरिरहेको छ ।
यातायात व्यवस्था विभागले ०५७ जेठ ७ गतेदेखि काठमाडौं उपत्यकामा ट्याक्सी दर्ता बन्द गरेको थियो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ०५० बाट हरियो नम्बरप्लेट ट्याक्सी दर्ता बन्द छ । विभागले उपत्यकामा २० वर्ष पुराना ट्याक्सी विस्थापन गर्ने रणनीतिका साथ ०५८ सालबाट २० वर्ष पुराना ट्याक्सी हटाउन सुरु गरेको हो ।

०५७ सालमा ट्याक्सीको दर्ता बन्द हुँदा उपत्यकामा ७ हजार ५ सय ट्याक्सी थिए । दुर्घटनामा परेर र हराएर हाल ती ट्याक्सीको संख्या ५ हजार ६५० मा झरेको छ । 

सरकारले ०७२ जेठ २८ मा ३ हजार ३५० ट्याक्सीका लागि आवेदन खोल्यो । जसमा १ हजार ५ सय भूकम्पपीडितका लागि, ५०० चालकका लागि, ६५० ट्याक्सी धनी र ७०० अन्यका लागि खोलिएको थियो ।

विभागको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने २०७ बाहेक अहिले उपत्यकामा ९ हजार ट्याक्सी सञ्चालनमा छन् । यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी एकान्तकुनाले हालसम्म २ हजार ४३९ ट्याक्सी स्क्राप गरेर त्यसको सट्टामा नयाँ ट्याक्सी दर्ता गरेको छ ।

यीबाहेक उपत्यकामा गुड्ने अधिकांश ट्याक्सी १८ देखि १९ वर्षसम्म पुराना छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमा पुराना ट्याक्सी व्यवसायीको दबाबका कारण नयाँ ट्याक्सीको दर्ता नखोलिएको एकान्तकुना कार्यालयका एक अधिकारी बताउँछन् ।

“पुराना ट्याक्सी व्यवसायीले आफ्नो क्षेत्रमा एकाधिकार जमाउन २० वर्ष पुराना ट्याक्सीको सट्टामा नयाँ ट्याक्सी दर्ता गराउन विभागदेखि मन्त्रालयसम्म दबाब दिँदै आएका छन्,” ती अधिकारीले बताए । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा अहिले नयाँ ट्याक्सी आएका छैनन् । यसले ट्याक्सीमा लगानी गर्न चाहने व्यवसायी निरुत्साहित भएका छन् ।

नयाँ ट्याक्सी नआउँदा पैसा तिरेर पनि यात्रुले सहज रुपमा ट्याक्सी चढ्न पाएका छैनन् । ट्याक्सीको संख्या कम हुँदा चालकले यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा जान नमान्ने गरेको यात्रुको गुनासो छ । 

ट्याक्सीको भाडा वैज्ञानिक बनाउन यातायात व्यवस्था विभागले गएको असोज ६ गते ट्याक्सीको भाडा समायोजन गरेको छ । समायोजनअघि ट्याक्सीको भाडा १ किमिको ३६ रुपैयाँ रहेकोमा समायोजनपछि अहिले ट्याक्सीको भाडा १ किमिको ३९ रुपैयाँ छ ।

“विभागले ट्याक्सीको मूल्य १७ लाख राखेर भाडा समायोजन गरेको छ,” सार्वजनिक यातायात सुधार अभियन्ता रामबहादुर थापाले बाह्रखरीसँग भने, “तर २० वर्ष पुराना ट्याक्सीको एउटै नम्बर १० लाखसम्म बिक्री हुँदा ट्याक्सीको मूल्य २७ लाख पर्छ । जसको भार यात्रुको टाउकामा पर्ने गरेको छ ।”

अहिले पुरानो ट्याक्सीको नम्बरको सट्टामा नयाँ ट्याक्सी दर्ता गरेर चलाएका पुराना चालक र धनीले सरकारले भाडा समायोजन नगरेको, भाडा वैज्ञानिक नभएको, चालकलाई खाडी जान बाध्य पारेको भन्दै सरकारप्रति असन्तुष्टि पोखिरहेका छन् । तर, चालकले यात्रुलाई सुविधा हुनेगरी नयाँ ट्याक्सी खोल्न भने आवाज उठाएका छैनन् ।

२४ सै घन्टा ट्याक्सी चलाउने चालकले धनीलाई पेट्रोल आफैं हालेर दैनिक १९ सय रुपैयाँ बुझाउने गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC