site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिके राउत र नेपाल सरकारबीच रहस्यपूर्ण सम्झौता : कमल थापा
Sarbottam CementSarbottam Cement

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउत र नेपाल सरकारबीचमा भएको सम्झौता अत्यन्तै भ्रमपूर्ण, अन्योलपूर्ण र रहस्यपूर्ण भएको बताएका छन्।
 
राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत सुदूरपश्चिमको भ्रमणपछि १३ औं दिन दाङ पुगेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्। थापाले सुरुमा सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको भनेर प्रचार गरिए पनि राउतको मन्तव्य र सम्झौताको दस्तावेजले कही-कतै पनि राष्ट्र विखण्डनको एजेण्डा परित्याग गरेको नदेखिएको दाबी गरे।

सिके राउतले उठाउँदै आएको राष्ट्र विखण्डनको एजेण्डा जनमतसंग्रहबाट टुंगो लगाउने कुरा सार्वजनिक रुपमा उल्लेख गरेको हुँदा त्यो उनको रणनीतिक चालबाजी भएको राप्रपा अध्यक्ष थापाको तर्क छ। जनकपुरमा सिके राउत पुग्दा राष्ट्र विखण्डनका नाराहरु लगाएको, प्ले कार्ड र ब्यानर बोकेर प्रर्दशन गरिएकोप्रति उनले भर्त्सनासमेत गरेका छन्।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै अध्यक्ष थापाले नेत्रविक्रम चन्द (विप्लव) ले फेरि नँया ढंगले विद्रोह गर्न खोज्नु गलत भएको बताए। उनले आफ्ना राजनीतिक एजेण्डा पुरा गर्नको लागि बन्दुक र हिंसा छोडेर जनताको माझ आउन विप्लवलाई आग्रह गरे।

माग पुरा नभए चैत १ गतेदेखि आन्दोलन

Global Ime bank

थापाले राप्रपा धर्मनिरपेक्षता गणतन्त्र र संघीयताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउँदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि चेतावनी दिए। उनले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षताविरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसामुक्त समाजको आन्दोलमा सहभागी हुन उनले सबैलाई आह्वान समेत गरेका छन्। 

२०६२-०६३ को जनआन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको तथा सनातन धर्म र संस्कृतीमाथि आक्रमण गरेको उनले बताए।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC