site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपको पीएसएल यात्रा: सात खेलमा ११ विकेट 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एकपछि अर्को सफलता चुमिरहेका युवा लेग स्पीनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पीएसएल’ क्रिकेटमा ११ विकेट लिँदै यात्रा सकाएका छन्।
 
लाहोर कलन्दरमा आबद्ध सन्दीप सोमबार अन्तिम खेलमा मुल्तान सुल्तानविरुद्ध भने विकेट बिहिन रहे। दुई ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। उनको टोली लाहोरले १० खेलमा ७ मा हार र ३ खेलमात्र जित निकाल्यो। आइतबार कराँची किङसलाई १ विकेटले नतिजा सुम्पिएपछि लाहोर प्रतियोगिताबाट बाहिरिएको थियो।
 
सुरुवाती तीन खेल अष्ट्रेलियामा बिग बास चलिरहेका कारण अनुपस्थित सन्दीप चौंथो खेलमा सहभागी भएका थिए। उत्कृष्ट प्रदर्शनले विभिन्न फ्रेन्चाइज लिगमा आबद्ध सन्दीप सिधैं अष्ट्रेलियाबाट पाकिस्तान सुपर लिग खेल्न युएई पुगेका थिए। लाहोर कलन्दरको चौंथो खेल तथा आफ्नो पहिलो खेलमा सन्दीपले ३ विकेट लिए।
 
सुल्तान मुल्तानविरुद्ध ४ ओभर बलिङ गर्दै ३ विकेट लिएका सन्दीपले ४६ रन खर्चिएका थिए। आफ्नो दोस्रो खेलमा क्युटा ग्लाडिएर्टसविरुद्ध १ विकेट लिएका उनले २० रनमात्र खर्चिए। तेस्रो खेलमा पुनह क्युटा ग्लाडिएर्टसविरुद्ध मैदान उत्रिएका सन्दीपले करीअरकै उत्कृष्ट बलिङ गरे। ४ विकेट लिएका सन्दीपले मात्र १० रन खर्चिए। उक्त खेलमा लाहोर ८ विकेटले विजयी भएको थियो।
 
चौंथो खेलमा कराँची किङसविरुद्ध सन्दीपले २ विकेट लिए। आफनो पुरै ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चिएका थिए। पाँचौ खेलमा पेशावर जाल्मीविरुद्ध सन्दीप विकेटबिहिन रहे।

२.१ ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिएका थिए। छैठौं खेलमा महँगो सावित सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर १ विकेट लिए। सातौं खेलमा आइतबार सन्दीपको बलिङ महँगो सावित भयो। २ ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिए। योससँगै समग्रमा ११ विकेट लिएका सन्दीप २ खेलमा विकेट बिहिन रहे।
 
एकपछि अर्को खेलमा आफूलाई अब्बल प्रमाणित गर्दै गएका सन्दीपले इन्डीयन प्रिमीयर लिग, बिग बास लिग, टि-टेन लिग, क्यानडा प्रिमीयर लिग, बंगलादेश प्रिमीयर लिगमा आफ्नो बलिङको जादु देखाइसकेका छन्। 

पाकिस्तान सुपर लिग क्रिकेटपछि सन्दीप इन्डीयन प्रिमिएर लिग ‘आइपीएल’ क्रिकेटमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन्। जादुयी बलिङमा सन्दीपले विश्व क्रिकेटका चर्चित ब्याट्सम्यानलाई सिकार बनाइसकेका छन्।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC