site stats
बाह्रखरी :: Baahrakhari
सहर
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यातायात व्यवस्था कार्यालय अगाडि नै अव्यवस्थित पार्किङ
Ghorahi CementGhorahi Cement

काठमाडौं । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मेवारी बोकेको कार्यालय अगाडि नै अव्यवस्थित पार्किङ गरेको भेटिएको छ। यातायात व्यवस्था कार्यालय बाग्मती, साना-ठूला सवारी एकान्तकुना कार्यालयअगाडि जथाभावी पार्किङ गरेको पाइएको हो।
 
कार्यालय परिसर भएकाले ड्युटीमा रहेका ट्राफिक प्रहरीहरुलेसमेत त्यतातिर ध्यान दिएका छैनन्। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले सडककै ट्राफिक व्यवस्थापन मिलाउने जिम्मेवारी भन्‍ने सम्झँदा कार्यालय अगाडि हुने गरेको जथाभावी पार्किङतिर ध्यान गएको देखिदैन। 

कार्यालयका कर्मचारीले पनि कार्यालय परिसरमा हुने गरेको अनियन्त्रित र अव्यस्थित पार्किङलाई व्यवस्थित गर्न सकेका छैनन्। यातायात व्यवस्था कार्यालय अगाडि नै यसरी गरिएको पार्किङले यातायात व्यवस्थापनमा ती कार्यालयमा कार्यरत कर्मचारीको कार्यक्षमता प्रष्ट पार्छ।

यातायात व्यवस्था विभागका अनुसार एकान्तकुना कार्यालयमा करिब ७० जना कर्मचारीको दरबन्दी छ। अस्थायी र करारमा गरी कार्यालयमा हाल करिब एक सय कर्मचारी कार्यरत रहेको कार्यालयका प्रमुख बसन्त पन्थीले बताए।

Agni Group

“सेवाग्राहीलाई आवश्यक सेवा दिनमै सबै कर्मचारी ठिक्क छन्। सेवाग्राहीलाई सेवा दिनमै कर्मचरीलाई ठिक्क भएकाले बाहिरको पार्किङ केही अव्यवस्थित देखिएको छ,” पन्थीले बाह्रखरीसँग भने।

Global Ime bank

सवारीको नामसारी, जाँचपास, दर्ता, नवीकरणलगायत कामका लागि दैनिक हजारभन्दा बढी संख्यामा सेवाग्राही उक्त कार्यालय आउने गरेका छन्। कार्यालय आएका सेवाग्राही आफैंले आफ्नो सवारी व्यवस्थित पार्किङ नगर्दा पार्किङ अव्यवस्थित बन्न पुगेको पन्थीले बताए।

कार्यलय परिसरमा कार, जिप, भ्यान र मोटरसाइकलको अव्यवस्थित पार्किङले सवारी आवागमनमा समेत समस्या हुने गरेको छ। कार्यालय परिसरदेखि फागुन २ गते खुलेको नेपाल पानीजहाजको कार्यालय छेउसम्म जथाभावी पार्किङले ती कार्यालय आवतजावत गर्ने सबैलाई समस्या हुने गरेको छ।

 

यातायात व्यवस्था कार्यालय पुगेका सर्वसाधारणले चक्रपथ किनारमा पनि सवारी पार्किङ गर्ने गरेका छन्। एक महिनाअघि चीनको सांघाइ कन्ट्रक्सनले नेपाल सरकारलाई हस्तान्तरण गरेको चक्रपथको एकान्तकुना क्षेत्रमा हुने गरेको उक्त अव्यस्थित पार्किङले सडक दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको सरोकारवालाको बुझाइ छ। 

“चक्रपथमा ट्राफिक लाइट, आकासे पुल र जेब्राक्रसलगायत आवश्यक सडक पूर्वाधार छैनन्,” पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेंथुले भने, “सडकमा हुने अव्यस्थित पार्किङ र पैदलयात्रुको लापरबाहीका कारण चक्रपथमा सडक दुर्घटनाको जोखिम थप बढेको छ।”

यातायात व्यवस्था कार्यालय आएका सेवाग्राहीको सवारी साधन कार्यालय परिसरमा नै पार्किङ गर्ने व्यवस्था नभएका कारण ती सेवाग्राही चक्रपथमै सवारी पार्किङ गर्न बाध्य छन्। महालक्ष्मीस्थान र एकान्तकुना चोकमा मात्र ट्राफिक प्रहरीहरु ड्युटीमा केन्द्रित हुँदा कार्यालयमाथिको चक्रपथ क्षेत्रमा पार्किङ गरी राखिएका सवारी साधनमाथि कारबाही हुने गरेको छैन।

कार्यालय अगाडिको भागमा स्टेशनरी, फलफूल र सूर्तिजन्य पदार्थ बिक्री-वितरणका लागि बसेका व्यपारीका कारण सवारी पार्किङको स्थान मिचिएको छ। “यस्ता व्यपारीहरु हटाएर त्यस स्थानमा डोरी टाँगेर पार्किङ गर्ने हो भने अहिलेको भन्दा धेरै मोटरसाइकल र कार सजिलै राख्‍न सकिन्छ,” कार्यालय सवारी प्रदुषण फाँटका एक कर्मचारीले भने।

एकान्तकुनामा रहेका सवारी लाइसेन्स, सवारी दर्ता र सवारीको प्रदु्षण जाँच कार्यालयको भवन छेउछाउमा हुने अव्यस्थित पार्किङले कार्यालयका प्राविधिक र कर्मचारीलाई नै आवतजावतमा समस्या हुने गरेको छ। तर, आफ्नै कार्यालयमा भएको लापरबाही लुकाउन ती कर्मचारीले ट्राफिक प्रहरी र स्थानीय वडा कार्यालयमा पार्किङ व्यवस्थापनका लागि पहल गरेका छैनन्। 

तस्बिर : सरिता खड्‍का

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC