site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकमा इस्लामको अपमान गरेको आरोपमा १० वर्ष जेल सजाय 
Sarbottam CementSarbottam Cement

एजेन्सी । मलेसियाका एक व्यक्तिलाई फेसबुकमा इस्लाम धर्म र प्रोफेट मोहम्मदको अपमान गरेको अभियोगमा १० वर्षको जेल सजायँ सुनाइएको छ । २२ वर्षीय फेसबुक प्रयोगकर्तालाई क्वालालम्पुर अदालतले शुक्रबार मात्र दशवटा आरोपमा दोषी ठहर्याएको हो ।  

यसरी रोयल मलेसिया पुलिसले उनीबाहेक अन्य तीन सामाजिक संजाल प्रयोगकर्ता विरुद्ध पनि यस्तै मुद्दा दर्ता गराएको राष्ट्रिय समाचार एजेन्सी बरनामामा प्रकाशित गरिएको छ । बरनामाको रिपोर्ट अनुसार यसमध्येका ५२ वर्षीय फेसबुक प्रयोगकर्ता याजिद कोङ दुई अभियोगमा दोषी पाइएका हुन् र अबको दुई दिनमै उनलाई जेल सजायँ दिइने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता ट्वीटर प्रयोगकर्ता ‘एल्भिनचो३३३’ र फेसबुक प्रयोगकर्ता ‘डेनी एन्टोनियो’ ले भने आफूमाथि लगाइएका आरोपहरु अस्वीकार गरिरहेका छन् । तरपनि उनीहरुलाई आगामी अप्रिल ५ को सुनुवाइसम्म हिरासतमै राखिने बताइएको छ । 

यसरी शुक्रबार मात्र यी चारैजनालाई दोषी ठहर गरिएको हो । धर्मका आधारमा शान्ति भङ्ग गराउने किसिमका कुनैपनि वक्तव्य प्रकाशित गर्नु र सामाजिक संजालको अनुचित प्रयोग गर्नु कानुन विपरित भएको भन्दै उनीहरुलाई यस्तो सजायँ सुनाइएको बताइएको छ ।

Global Ime bank

यसरी मलेसियामा पुलिसले देशभरबाट ९२९ रिपोर्ट प्राप्त गरिसकेको बताएको छ  जसमध्ये इस्लामको अपमान गरेका १६ घटनाहरुबारे छानबिन सुरु गरिएको इन्सपेक्टर जेनेरल मोहोम्मद फुजीले एक बयानमार्फत जानकारी दिएको सीएनएनले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC