site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहमतिमा जनमत संग्रहको कुरा छैन, सिके राउतले त्यसो भनेमा सहमति उल्लंघन भएको ठहर्छ : गृहमन्त्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसदको आइतबारको बैठकमा सांसदका प्रश्नको जवाफमा गृहमन्त्री रामबहादुर थापाले जनअभिमतको कुरा जनमत संग्रह नभएको बताएका छन्।

उनले सांसदहरुको प्रश्नको जवाफ दिँदै सिके राउतले ट्विटमार्फत त्यस्तो भनेको हो भने सहमतिको उल्लंघन भएको ठहर्छ र पुरानै अवस्थामा फर्किएको मान्नुपर्ने हुन्छ।

Agni Group

नेपाललाई मधेशबाट अलग पार्ने हिसाबले जनमत संग्रह गर्ने नभनिएको समेत उनले बताए। सिके राउतले अर्कै व्याख्या गरेको प्रसंगमा उनले जनमत संग्रहको बारेमा त्यस्तो माग सरकारसँग वार्ताका क्रममा नरहेको बताए। उनीहरुको पहिलाको माग त्यो भएको तर सरकारले अस्वीकार गरेको स्पष्ट पारे। 

उनले विदेशी दबाबमा सहमति नभएको बताउँदै यहाँ कसैले कसैलाई नफसाएको समेत बताए।

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत र पुष्पकमल दाहाल प्रचण्डसँग तुलना गरेकोमा प्रचण्डले देखाएको साहस जस्तै सिके राउतले पनि साहस देखाएको भनेर तुलना गरेको उनले बताए। 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC