site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बाल सुधार गृहका २५ जना बालबालिका यस वर्ष एसईईको परीक्षा दिँदैछन् । सबै कोर्ष सकेर ती बालबालिका परीक्षाको अन्तिम तयारीमा व्यस्त रहेको विद्यालयले जनाएको छ । 
जानेर वा अन्जानवश आपराधिक गतिविधिमा मुछिएका वा संलग्न बालबालिकालाई सुधारका लागि बाल सुधार गृहमा पठाउने गरिएको छ । यहाँ विभिन्न केसमा परेका बालबालिकाहरु आश्रित छन् । 
आश्रित ती बालबालिकाहरुलाई शिक्षाको उच्यालो दिने उद्देश्यका साथ बाल सुधार गृह माध्यमिक विद्यालय संचालनमा छ । विद्यालयकी प्रधानअध्यापिका रेखा पोखरेलले यहाँ विभिन्न स्तरका बालबालिकाहरु भए पनि अतिरिक्त कक्षाहरु संचालन गराएर पनि एसईईको तयारी राम्रो भइरहेको बताइन् । 
उनले बिहान र बेलुका कोचिङ कक्षा संचालन गरिहेको बताउँदै बालबालिकाहरुलाई पढाईमा फोकस गराएको र खानपिनमा पनि ध्यान दिएको बताइन् । विद्यालयका अनुसार एसईई दिनेमा बालसुधार माविकै विद्यार्थी २० जना छन् भने बाहिरबाट आएका ५ जना छन् । बाहिरबाट आएका बालबालिकाहरुका लागि विद्यालयले सेन्टर ट्रान्सफर गरेर परीक्षा दिने वातावरण मिलाउने गरेको प्रधानअध्यापिका पोखरेल बताउँछिन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC