site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

राजनीतिक नेतृत्वमा अज्ञान र प्रतिबद्धताको कमी तथा कर्मचारीको कामचोर प्रवृत्तिले अत्यन्त आवश्यक एवं लाभदायी स्वास्थ्य बिमा योजना विफल हुने लक्षण देखिन थालेको छ । देशका विभिन्न ३६ जिल्लामा लागु गरिएको स्वास्थ्य बिमा योजनाबाट जनता निराश र विमुख हुन थालेका छन् । परिवार केन्द्रित स्वास्थ्य बिमा योजनामा सामेल भएकाहरूले सन्तोषजनक सेवा नपाएकाले बिमा नवीकरण गर्ने लाभग्राहीको संख्या घटेको छ । कार्यक्रममा देखिएको अप्ठेरोको सामना स्थानीय तहमा खटिएका दर्ता सहयोगीहरूले सम्भवतः सबैभन्दा बढी भोगेका छन् । यही कारणले पाल्पामा आयोजित पुनर्ताजगी तालिमका सहभागीहरू दर्ता सहयोगीहरूले बिमा कार्यक्रम सफल बनाउन सेवाको पहिलो बिन्दुका रूपमा रहेका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रको गुणस्तरमा सुधार गर्नुपर्छ भनेका होलान् । 

बिरामी पर्नेबित्तिकै घरखेत गरेर उपचार गर्नुपर्ने बाध्यता र यही कारणले सिकिस्त नहुँदासम्म उपचारै नगराउने बानी हटाउन नेपाल सरकारले स्वास्थ्य बिमा योजना सुरु गरेको हो । सबैले बिरामी नहुँदै केही रकम जम्मा गर्ने र त्यही रकमको सदुपयोग गरेर बिरामी पर्दा उपचार खर्च तिर्ने व्यवस्था नै स्वास्थ्य बिमा हो । निर्धारित बिमाशुल्क भुक्तान गरेको परिवारका सदस्य बिरामी भए सेवाको प्रथम विन्दुका रूपमा तोकिएको स्वास्थ्य संस्थामा गएर उपचार गराउने र त्यहाँबाट सम्भव नभए माथिल्लो स्वास्थ्य संस्थामा पठाउने प्रावधान सरकारी स्वास्थ्य बिमामा छ । सबैले थोरै थोरै संकलन गरेर केहीको गर्जो टार्ने अभ्यास यसमा गरिन्छ । यसैले स्वास्थ्य बिमाको सफलताको पहिलो सर्त उपचारको पहिलो बिन्दुमा सहज पहुँच र प्रशासनिक झन्झटरहित भुक्तानी हो । तर, अहिले उपचारको पहिलो बिन्दुमा पुग्न धेरैलाई अप्ठेरो भएको र झुक्तानीमा पनि झन्झट देखिएको छ । 

जीवनस्तर उकास्नका लागि सर्वाधिक स्वास्थ्य सेवा सबैभन्दा महत्त्वपूर्ण विषय हो । स्वास्थ्य सेवामा गरिने लगानीको सदुपयोग भएका सम्भवतः सबैभन्दा बढी प्रतिफल पनि यसैले दिन्छ । नेपाली नागरिकलाई संविधानले नै आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । यसलाई चरितार्थ गर्नका लागि सबैभन्दा उत्तम उपाय स्वास्थ्य बिमा नै हो । तर, सरकारले स्वास्थ्य बिमा लागु गर्ने निर्णय गर्दैमा ध्यान दिनुपर्ने सेवामा पहुँच र प्रभावकारितालाई बेवास्ता गर्दा अहिले तोकिएका अधिकांश प्राथमिक उपचार बिन्दु बहुसंख्यक जनताका लागि अपायक छन् । यसैले सरकारल कम्तीमा प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थालाई प्राथमिक बिन्दुका रूपमा तोक्नु जरुरी छ । त्यसको व्यवस्थापन गर्न अहिलेको स्वास्थ्य व्यवस्थापन सक्षम नभए व्यवस्थापनमा सुधार गर्नुपर्छ । अहिलेजस्तै अवस्थामा राखिराख्ने हो उपचार बिन्दु अपायकमा भएकै कारण धेरै जनता बिमामा सहभागी हुनेछैनन् र भएकैले पनि नवीकरण गर्नेछैनन् ।    

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC