Skip Advt.

भारतमा चुनावअघि अर्को पुलवामा घटना हुन सक्ने ठाकरेको घोषणा

भारतमा चुनावअघि अर्को पुलवामा घटना हुन सक्ने ठाकरेको घोषणा

नयाँ दिल्ली । महाराष्ट्रको नवनिर्माण सेना (एमएनएस)का प्रमुख राज ठाकरेले पठानकोट र पुलवामा हमलालाई जोड्दै भारतमा लोकसभाको चुनाव अगाडि अर्को एक पुलवामा जस्तै आक्रमण हुन सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

लोकसभाको चुनाव आगामी अप्रिल र मे महिनामा हुँदैछ । उनले एमएनएसको १३ औं वार्षिकोत्सवको अवसरमा भनेका छन्,‘‘मेरो कुरा ध्यान दिएर सुन्नुस् । अबका दुई महिनामा पुलवामामा जस्तै एक अर्को हमला गराइनेछ । ताकि मानिसहरुको ध्यान खास समस्याबाट भड्काएर देशभक्तितर्फ मोड्न सकियोस् ।’’ 

पुलवामा हमलामा ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । उनले सत्ताधारी भारतीय जनता पार्टी र मोदी सरकार सबै मोर्चामा नराम्रोसँग असफल भएको जनाउँदै राम मन्दिरको प्रसंगमा पनि असफल भएको आरोप लगाएको बीबीसीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

मकवानपुर र मोरङमा ६० किलो गाँजासहित तीनजना भारतीय पक्राउ

काठमाडौं । प्रहरीले मकवानपुर र मोरङबाट ६० किलोग्राम लागुऔषध गाँजासहित ३ जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा

पारवहनबारे नेपाल-भारत बैठक नयाँ दिल्लीमा सुरु, पानीजहाजको प्रसंग पनि छलफलमा

काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धी सम्बन्धी दुई दिने बैठक सोमबार भारतको नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठक सुरु

भारुमा इन्धन किन्न भारतलाई भेनेजुयलाको प्रस्ताव

बीबीसी । भेनेजुएलाले भारतलाई भारतीय रुपैयाँमा इन्धन खरिद गर्न प्रस्ताव गरेको छ । अमरिकी प्रतिबन्धका कारण भारतले दक्षिणी अमेरिकी मुलुक

नेपाल-भारत पारवहन वार्ता नयाँ दिल्लीमा हुँदै

काठमाडौं । नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक भारतको राजधानी नयाँ दिल्लीमा