site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सगरमाथाको नयाँ उचाइ पुससम्म, किन नाप्नुपरेको अहिले ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको कार्य आउँदो पुस महिनासम्ममा पूरा हुने भएको छ । सगरमाथा मापनको संयोजन गरिरहेका नापी विभागका चिफ सर्भेयर अफिसर सुशील डंगोलले बाह्रखरीसँगको कुराकानीमा भने,“हामी यसमा लागिरहेका छौं । अहिलेसम्म कुनै समस्या आएको छैन । हाम्रो लक्ष्य डिसेम्बरसम्ममा काम सक्ने हो ।”

सगरमाथाको उचाइ बढ्ला कि घटला त ? डंगोलले भने, “हामीले बढ्ला कि घट्ला भन्न्ोतिर सोचेकै छैनौं । काम सक्दाखेरी के परिणाम आउँछ त्यसपछि नै हामी यथार्थ कुरा सार्वजनिक गर्नेछौं । अहिले नै यसै भन्न सकिँदैन ।”

उनका अनुसार सगरमाथाको मापनका लागि अहिलेसम्म आर्थिक वर्ष २०७४–७५मा १७५ किमी लेभलिङ् सर्भे भएको छ भने ७७ किमी मोनुमेन्टेसनको काम सकिएको छ । त्यसैगरी ७७ किमी फागुनभरमा सर्भे गर्ने योजना छ भने कूल लेभलिङ् २४७ किमी हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले सगरमाथा मापनकै सिलसिलामा नेशनल जिओस्पाटीयल इन्टेलिजेन्स एजेन्सी अमेरिकासँग ग्राभीमिटर सम्बन्धी एमओयुको कार्य प्रक्रियामा रहेको छ  भने नापी विभाग र नेपाल पर्वतारोहण प्रतिष्ठानबीच गएको जनवरी २४ मा सर्भेयरलाई तालिम सम्बन्धी सम्झौता भएकोमा सो सम्बन्धी काम शुरु भइसकेको जनाइएको छ । त्यसैगरी अमेरिकाको ट्रिम्बल कम्पनीले सगरमाथा मापनको लागि इक्विपमेन्ट पाएको समेत विभागले जनाएको छ ।

किन नाप्नु परेको सगरमाथा ?

Global Ime bank

सगरमाथाको उचाइ अहिले ८ हजार ८४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुनुपर्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् । तर, वास्तविकता के हो भन्ने बारेमा अहिले नेपाली इन्जिनियरहरु यसको नाप जाँचमा लागिरहेका हुन् । नापी विभागका अनुभवी इन्जिनियरहरुको एउटा टोली अहिले यसका लागि खटिइएको छ  ।

सन् १९५५मा सर्भे अफ इण्डियाले यसको मापन गरेर ८,८४८ मिटर उचाई पत्ता लगाएको हो । २०७२ साल वैशाख १२ को भूकम्पपछि यसको उचाइमा असर गर्यो कि भन्ने आम अनुमानलाई तथ्यमा आएर निष्कर्ष निकाल्नका लागि सगरमाथाको मापनको प्रक्रिया अघि बढाइएको हो । यसअघि चीनका तर्फबाट गरिएको एक अध्ययनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८४४ मिटर भएको बताइएको थियो भने नेशनल जोग्राफिकले गरेको अध्ययनमा यसको उचाइ ८ हजार ८५० मिटर भएको जनाइएको थियो । 

मापन टोलीले बजेट जम्मा २५ करोड मागेको छ । अघिल्ला दुईवर्षमा कूल १७ करोड बजेट छुटिटएको छ । अहिले रकम अभाव नभएको चिफ सर्भे अफिसर डंगोलले  बताए ।

थोरै घटेपनि सबैभन्दा उच्च नै
विश्वको दोस्रो शिखर ८ हजार ६११ मिटर अग्लो पाकिस्तानको के–२ हो । त्यसैले सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटरबाट केही मिटर घटेकै भएपनि यो विश्वको पहिलो शिखर नै रहने निश्चित नै छ । किनकि पहिलो र दोस्रोको उचाइ अन्तर नै २३७ मिटर रहेको छ ।  विश्वकै तेस्रो शिखर सम्मेलन कन्चनजंगापनि नेपालमै रहेको छ । जसको उचाइ ८ हजार ५८६ मिटर रहेको छ । 

तस्बिरः विकिपिडिया 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC