site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कुकुर पाल्दा अनेक फाइदा तर पनि सतर्क रहन सुझाव
Sarbottam CementSarbottam Cement

एजेन्सी । कुकुर पाल्नुले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ । कुकुर पाल्नेहरु शारीरिक रुपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरु अरुभन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको बताइएको छ । 

त्यस्तै तनाव कम गर्न मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि घरपालुवाहरुले धेरै मद्दत पुर्याउने गरेको पाइएको छ । यता रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरुबारे पनि पुष्टि भइसकेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

तर जेएएमए सर्जरीमा प्रकाशित एउटा नयाँ अनुसन्धात्मक पत्रले भने जीव पाल्नुका केही हानिकारक पक्षमा पनि ध्यान दिइनुपर्ने बताएको छ । अध्ययनका अनुसार विशेषगरी वृद्धहरुले कुकुरलाई घुमाउँदै गर्दा हात खु्टटा भाँच्चिनेलगायतका दुर्घटना बढ्दै गइरहेको छ । 
अनुसन्धानकर्ताहरुले अमेरिकाको ‘नेशनल इलेक्ट्रोनिक इन्ज्युरी सर्भिलियन्स सिस्टम’ का डाटा अध्ययन गरि यस्तो जानकारी दिएका हुन् ।

यसअनुसार २०१४ मा मात्र ६५ वर्ष माथिका १ हजार सात सय वृद्धहरु कुकुर घुमाउने क्रममा भएका दुर्घटनाका कारण आपतकालीन कक्षमा भर्ना भएका थिए भने २०१७ मा सो सङ्ख्या ४ हजार पाँच सय पुगिसकेको बताइएको छ । 

Global Ime bank

यसरी घरपालुवा जीव पाल्ने प्रचलन समयसँगै बढ्दै गइरहेको हुनाले नै दुर्घटना पनि बढ्न पुगेको विश्लेषकहरु बताउँछन् । यस्तोमा सो अध्ययनले यस कुरालाई बेवास्ता गर्न नहुने बताएको टाइमले जनाएको छ । 

किनकी यसरी दुर्घटनामा पर्ने ३० प्रतिशत वृद्धहरु अस्पताल भर्ना हुनु परेको थियो भने करिब २० प्रतिशतको कम्मरको हड्डी भाँचिएको पाइएको हो जसले वास्तवमै लामो समयसम्म मानिसको जीवन स्तरमा गिरावट ल्याउँछ भने शारीरिक क्षमता घटाइ मृत्युदर समेत ३० प्रतिशतले बढाउन सक्ने उल्लेख गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC