नारी पाइला मोबाइल गेम एप सार्वजनिक 

नारी पाइला मोबाइल गेम एप सार्वजनिक 

काठमाडौं । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा संचालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना परियोजनाको मूल कार्यक्रम अन्तर्गत हालै नेपालमा खेलमा आधारित नारी पाइला मोबाइल गेम एप सार्वजनिक भएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको वित्तीय प्रायोजनमा ग्रिड  संस्थाद्वारा तयार पारिएको नारी पाइला एप प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान प्रवाह गर्ने रमाइला खेलहरु हुन् । 

यस एपमा ४ खेलहरु समायोजित छन् जसमा हरेक खेल किशोर किशोरी प्रजनन् स्वास्थ्य सम्बन्धी छुट्टा छुट्टै विषयहरुमा आधारित रहेका छन् । नारी पाइला मोहिम– महिनावारी हुँदाको सरसफाइ सम्बन्धी जानकारी (महिनावारी स्वास्थ्यको व्यवस्थापन), नारी पाइला चक्र– महिनावारी चक्र तथा प्रजनन् सचेतना, नारी पाइला अचम्म– गर्भमा रहको बच्चाको लिंग निर्धारण हुने प्रक्रिया सम्बन्धी जानकारी, तथा नारी पाइला भ्रमनिवारक– परिवार नियोजनका साधनहरु एवं तिनका साधारण असर र भ्रमहरु सम्बन्धी विस्तृत जानकारी दिनु खेलका प्रमुख उद्देश्यहरु रहेका छन् । यी खेलहरुहरुको माध्यमबाट हाम्रो समाजमा विद्यमान भएका, प्रजनन् सम्बन्धी चेतना, परिवार नियोजनका साधन एवं साधारण असर सम्बन्धी भ्रमहरुको विस्तृत जानकारी खेल खेल्दा खेल्दै प्राप्त गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस
ad