site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिके राउतसँगको सम्झौता डरलाग्दो पनि हुनसक्छः कमल थापा 
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताप्रति आशंंका ब्यक्त गरेका छन् । सहमति शंंकास्पद र डरलाग्दो भएको भन्दै उनले सरकारले तत्काल आफ्नो धारणा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए ।

 मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कञ्चनपुर आइपुगेका थापाले आज बिहान मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्बभौमसत्ता जनमत सङ्ग्रह वा आबधिक चुनाब कुनै प्रक्रियाबाट पनि परिवर्तन वा संसोधन हुन नसक्ने जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

बिखण्डन परित्याग पहिलो नजरमा स्वागतयोग्य भएता पनि यस संबेदनसील विषयमा सरकारले जनतालाई आश्वस्त पार्नु पार्ने थापाको धारणा थियो । 

सरकार र राउतबीच भएको सम्झौताको भाषा विवादास्पद रहेको थापाको भनाइ छ । देश बिखण्डनको विषय कुनै हालतमा स्वीकार्य हुन नसक्ने भन्दै थापाले एक्कासी रहस्यमय ढङ्गबाट भएको सम्झौता डरलाग्दो पनि हुनसक्ने तर्क गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC