site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेपाल लोक स्टार’ एपीवान बाट मात्रै प्रशारण हुने
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’ एपीवान एचडी टेलिभिजनबाट मात्रै प्रशारण हुने भएको छ । यसअघि ‘नेपाल लोक स्टार’ एपीवान एचडीसहित नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुने आयोजकले बताएको थियो । 

“विभिन्न कारणले हामी अन्ततः ‘नेपाल लोक स्टार’ एपीवान टेलिभिजनबाट मात्रै प्रशारण गर्ने निर्णयमा पुगेका छौं,” आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले भने, “सो घोषणा गर्दा प्रशारण गर्ने भनिएका सबै च्यानलमा नगएपनि संगीतप्रेमी सबै स्रोता तथा दर्शकले हामीलाई हेर्न छुटाउनु हुने छैन भन्ने हाम्रो अपेक्षा छ ।”

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुनेछ । 

Agni Group

अहिले आयोजकले सातवटै प्रदेशमा गएर अडिसन लिइरहेको छ । प्रदेश ७ र ६ मा अडिसन लिइसकेको ‘नेपाल लोक स्टार’ले ५ मा आज लिएको छ । बाँकी प्रदेश नं. ४ को पोखरा (जनप्रिय उच्च माध्यामिक विद्यालय)मा चैत २ गते, प्रदेश नं. १ को इटहरी (पिस जोन हाइयर सेकेण्डरी स्कुल)मा चैत ११ गते, प्रदेश नं. २ को जनकपुर (आरआरएम क्याम्पस)मा र प्रदेश नं. ३ को काठमाडौं (इङ्लिस प्रिपरेटोरी स्कुल)मा चैत २३ गते प्रि–अडिसन हुनेछ । डिजिटल अडिसन पुस १ गतेबाट सुरु भएको थियो ।  

७ वटै प्रदेशमा हुने अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने अध्यक्ष कोइरालाको भनाइ छ ।  काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । 

Global Ime bank

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ । 

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC