site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजसंस्थाको मुद्दा छोडेको छैनः कमल थापा 
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै बेला नछाडेको र नसकिने स्पष्ट पारेका छन् । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा महेन्द्रनगरमा आइपुगेका  राप्रपा अध्यक्ष थापाले आज महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै  राजतन्त्रको बारेमा आफ्नो पार्टी जहिले पनि वकालत गर्ने भएकोले लोकतान्त्रिक राजसंस्थाको पक्षमा भएको बताए । 

राष्ट्रियता जोगाउन राप्रपा स्वाभिमान यात्रामा निस्केको स्पष्ट पार्दै उनले आफ्नो पार्टीले सरकारलाई बुझाएका २२ बुँदे माग  पूरा गर्ने प्रतिवद्धता नजनाए जनसंघर्ष गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई बताउँदै आफूहरुले उक्त यात्रा सञ्चालन गरेको बताए । सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाले बताए ।

पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्न समेत आग्रह गरेको उनले जानकारी दिए । राप्रपा सरकार समक्ष कम्तीमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वयन गरी रोजगारीको अवसर नपाएकालाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गराउन, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने लगायतका २२ बुँदे माग राखेको समेत थापाले जानकारी दिए । 

Global Ime bank

यही फागुन १५ गतेदेखि शुरु भएको मेची–काली यात्रा फागुन ३० गते काठमाडौंमा पुगेर समापन हुने थापाले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC