site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । पूर्वाञ्चल क्षेत्रिय टिम राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
सोमबार भएको लिग चरणको अन्तिम खेल वर्षाका कारण रोकिएपछि दुवै टोलीले १–१ अंक जोड्दै बाँडेपछि पूर्वाञ्चल समूहमा शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको हो । अब पूर्वाञ्चलले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लबसँग मंगलबार खेल्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेल वर्षाका कारण १८ ओभरमा छोट्याइएको थियो । तर, सुदूर पश्चिमाञ्चलले ७.२ ओभरमा ६ विकेट गुुमाएर सात रन बनाएको अवस्थामा वर्षा भएपछि खेल पुनः सुचारु हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे । पूर्वाञ्चलसँग समान तीन अंक नै भएपनि सुदूर रनरेटमा पछि प¥यो ।
सुदूरका रोश्ना बोहोराले दुई रन तथा माया रावत र कविता कुँवरले समान एक–एक रन बनाउदा अन्य तीन ब्याट्सवुमनले रनको खाता खोल्न सकेनन् । पूर्वाञ्चलका कविता गौतमले तीन तथा सन्तोषी चौधरीले दुई विकेट लिए ।
यस्तै मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलमाथि पाँच विकेटको सहज जित निकाल्यो । मध्यपश्चिमाञ्चलले दिएको ५८ रनको लक्ष्य पूर्वाञ्चलले निर्धारित १० ओभरको खेलमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।
पूर्वाञ्चलको सहज जितमा लक्ष्मी चौधरीले ३९ रनको अविजित पारी खेलिन् । यस्तै कप्तान नेरी थापाले १० रनको पारी खेलिन् । गीता घोसाईले ६ रन बनाईन् । मध्यपश्चिमका अश्मिना कर्माचार्य, सतिा श्रेष्ठ, शोभा आले र गीता चुडालले समान १–१ विकेट लिईन् । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मध्यपश्चिमाञ्चलले निर्धारित १० ओभरमा चार विकेट गुमाएर ५७ रन बनाएको थियो । रचना अर्यालले २२ तथा सीता श्रेष्ठले १२ रनको पारी खेलिन् । मध्यमाञ्चलका नेरी थापाले दुई तथा गीता घोसाईले एक विकेट हात पारिन् ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC