site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : मुद्दा दायर भएका एसपी विष्ट सम्पर्कमा छैनन् ! डीएसपीसहित ६ प्रहरी पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरिक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।  सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मला पन्तकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाका अनुसार यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सीआईबीका डीएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ ।  यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सइहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दायर गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् । स्रोतका अनुसार मुद्दा दायर भए पनि उनीहरु सम्पर्कमा आएका छ्रैनन् ।  प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डीएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । 

उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा रहेको प्रवक्ता सुवेदीले बताए । सुवेदीले एसपी विष्ट र अंगुर जिसी भने अदालतमा उपस्थित नभएको बताए । ‘‘अब अदालतमा दुवै पक्षको बहस हुन्छ । दुवै पक्षको बहसपछि अदालतले के आदेश दिन्छ,त्यसरी नै हामी अगाडी बढ्छौं,’’ प्रवक्ता सुवेदीले भने । यस्तोमा अदालतले अभियुक्तसँग बयान लिएर धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार समेत पठाउन सक्नेछ । 

Global Ime bank

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दुरीमा रहेको उखुबारीमा मृत अवस्थमा फेला परेकी थिइन् ।  निर्मला हत्या प्रकरणको अनुसन्धाना प्रहरीले लापरवाही गरेको,प्रमाण नष्ट गरेको लगायतका आरोप सरकारले नै गठन गरेको समितिले प्रतिवेदनमा औल्याएको थियो । 

निर्मलाको बलात्कार–हत्यामा संलग्नको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC