site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिए।  

सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पारे। पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उनको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताए। "पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उनले भने। 

Prabhu Bank
Agni Group
NIC Asia

कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो। जिल्ला सभापतिहरुले विशेष महाधिवेशन गर्नुपर्ने मागसम्बन्धी लिखित जानकारी अझसम्म नआएको उनले बताए।  

सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने बताए। उनले नेवि संघको तदर्थ समिति चाँडै गठन गरिने बताए। उनले न्यू सृष्टि दैनिकको वार्षिकोत्सव समारोहमा सहभागी हुन बिहीबार विराटनगर आएका हुन्। -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC