अर्थ व्यवसाय
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा आइएमई लाइफका सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंकका उप-प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।
यस सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकले माछापुच्छ्रे बैंकका सबै शाखाबाट आइएमई लाइफका जीवन बीमा पोलिसी खरिद गर्न तथा जानकारी लिन पाउनेछन्।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५ १८:१३
प्रतिक्रिया दिनुहोस्