हुवावेद्वारा अमेरिकाविरुद्ध कानुनी उपचार खोज्ने घोषणा

हुवावेद्वारा अमेरिकाविरुद्ध कानुनी उपचार खोज्ने घोषणा

बेइजिङ । अमेरिकी टेलिकम्युनिकेसन कम्पनी हुवावेले आफ्नो कम्पनीमाथि अमेरिकी सरकारले लगाएको प्रतिबन्धबारे मुद्धा दर्ता गरेको जनाएको छ ।  अमेरिकाले हुवावेबाट उत्पादन गरिएका स्मार्ट फोन र टेलिकम प्रविधिले विश्वव्यापी रुपमा असुरक्षाको वातावारण सिर्जना गरेको  भन्दै प्रतिबन्ध लगाएको थियो । 

उक्त चिनियाँ कम्पनीले अमेरिकी संघीय अदालतमा अमेरिकी सरकारका विरुद्धमा मुद्धा दर्ता भइसकेको विहीबार जनाएको हो ।  उक्त प्रतिबन्ध गैह्रकानुनी भएको र यसले अमेरिकी ग्राहकलाई उपभोग्य सामग्री छनौट गर्नबाट बञ्चित गरिएको समेत कम्पनीले आरोप लगाएको छ । हुवावेका उपाध्यक्ष गुओ पिङले विहीबार कम्पनीको मुख्यालय सेन्जेन शहरमा पत्रकार सम्मेलन गरेर सो घोषणा गरेका हुन् ।

उनले सो कम्पनीमा चीन सरकारको स्वामित्व नरहेको समेत जनाएको सीएनएनले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार