site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गण्डकी मेडिकल कलेजमा ५३ करोड ठगी अभियोगमा सीईओ पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन्। 

बुधबार बेलुका उनीहरुलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बाह्रखरीलाई बताए। उनले भने, "विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको छ।"

सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरुले दश जनाविरुद्ध ठगी मुद्धामा उजुरी दिएका थिए। उनीहरुविरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो। विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका हुन्।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ। 

कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए।  विद्यार्थीहरुले परीक्षमासमेत बिहष्कार गरेका थिए। 

Global Ime bank

तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए। सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीले आन्दोलन गरेका थिए। 

थप पढ्‍नुहोस्, 

एउटा समितिले प्रतिवेदन बुझाउँदा अर्को समिति छानबिनमा

गण्डकी मेडिकल कलेज तनावग्रस्त, अस्पतालभित्रै नाराबाजी

गण्डकी मेडिकल कलेजमा १५ लाखसम्म बढी शुल्क लिएपछि विद्यार्थी आन्दोलनमा

गण्डकी मेडिकल कलेजका ८३ विद्यार्थीले एमबीबीएस परीक्षा नदिने, कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने प्रमुख माग 

गण्डकी मेडिकल कलेजले ४ वर्षमा ५१ करोड बढी शुल्क लियो !

मेडिकल कलेजमा के छ ? 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC