site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हुवावे मेट ट्वान्टी प्रो बन्यो सर्वोत्कृष्ट स्मार्टफोन
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वर्ल्ड कंग्रेसमा हुवावेको मेट ट्वान्टी प्रोले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार जितेको छ। 

मोबाइल वर्ल्ड कंग्रेस-एमडब्लुसी २०१९ मा शक्तिशाली कार्यक्षमता, सर्वोत्कृष्ट क्यामरा प्रणाली, लामो समयसम्म टिकाउ हुने ब्याट्री, नवीन प्रविधियुक्त चार्जिङ र आकर्षक डिजाइनका लागि मेट ट्वान्टी प्रो ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार हासिल गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर रहेका प्रयोगकर्ताहरूलाई सर्वोत्कृष्ट उत्पादनहरू र उत्कृष्ट अनुभव प्रदान गर्ने र अग्रणी प्रविधिहरू प्रयोग गर्ने हुवावेको प्रतिबद्धतालाई यो पुरस्कारले प्रमाणित गरिएको हो।

जीएसएमएद्वारा सुरूमा मनोनित र त्यसपछि सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार प्राप्त हुवावे मेट ट्वान्टी प्रो हुवावेको फ्याल्गसीपको पछिल्लो स्मार्टफोन हो। हुवावेको मेट ट्वान्टी प्रोमा विश्वकै पहिलो ७ एनएम मोबाइल एआई किरिन ९८० जडान गरिएको छ जसले मोबाइलफोनलाई उच्च कार्यक्षमता र टिकाउ ब्याट्री प्रदान गर्छ। साथै, यो स्मार्टफोनले ४० वाट हुवावे सुपरचार्जलाई सपोर्ट गर्दछ जुन बजारमा उपलब्ध सबैभन्दा छिटो चार्ज हुनेमध्येको एउटा सोलुसन हो। 

Global Ime bank

त्यसैगरी १५ वाट हुवावे वायरलेस क्विक चेन्ज र वायरलेस माध्यममार्फत् अन्य मोबाइल फोनहरू र अन्य विद्युतीय उपकरणहरू पनि चार्ज गर्न मिल्ने रिभर्स वायरलेस चार्जिङ पनि यो स्मार्टफोनले सपोर्ट गर्दछ।

यस स्मार्टफोनको पछाडि लाइका अल्ट्रावाइड लेन्सजडित म्याट्रिक्स क्यामरा प्रणाली जडान गरिएको छ। यसबाट वाइड एंगल फोटोग्राफी र टाढाको दुरीमा रहेको तस्बीर पनि खिच्न सकिन्छ। हुवावेको मेट ट्वान्टी प्रोमा इएमयूआई ९.० जडान गरिएको छ जुन ह्वावको प्रकृतिबाट प्रेरित एन्ड्रोइड कस्टम अपरेटिङ प्रणाली हो। त्यसमा इसाराबाट नेभिगेसन हुने र अन्य फोनहरूमा नभएका कैयौं नयाँ विशेषताहरू रहेका छन्।

जीएसएमएले विश्वभरका मोबाइल सञ्चालकहरूको प्रतिनिधित्व गर्दछ र यसको बृहत् मोबाइल इकोसिस्टक अन्तर्गत ७ सय ५० भन्दा बढी सञ्चालकहरू र ३ सय ५० भन्दा बढी कम्पनीहरूलाई एकताबद्ध गर्दछ। जीएसएमएले वार्षिक रूपमा बार्सिलोना, लस एन्जलस र सांघाईमा  मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी कार्यक्रम र मोबाइल ३६० सिरिजको क्षेत्रीय सम्मेलन आयोजना गर्ने गर्दछ।

मोबाइल वर्ल्ड कंग्रेस-एमडब्लुसी २०१९ मा हुवावेले कम्पनीकै पहिलो फाइभ जी फोल्डेबल फोन हुवावे मेट एक्स, हुवावे मेटबुक एक्स प्रो, हुवावे मेटबुक फोरटिन र हुवावे मेटबुक थर्टिन तथा हुवावे फाइभ जी सीपीई प्रो पनि सार्वजनिक गरेका छ। 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC