site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल लोक स्टार’को सुर्खेतमा अडिसनमा ११ सय सहभागी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को सुर्खेत प्रि–असडिसनमा ११ सय प्रतियोगीले सहभागिता जनाएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको प्रि–अडिसन ११ सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । 

“अडिसनमा उत्साहप्रद सहभागिता देखियो”, अध्यक्ष कोइरालाले बाह्रखरीसँग भने, “प्रदेश नं. ७ मा भन्दा ६ मा सहभागीको संख्या धेरै देखिएको छ । ११ सयभन्दा धेरै सहभागी भएका छन् ।” 

प्रदेश नं. ७ मा फागुन १६ गते कैलाली बहुमुखी क्याम्पसमा भएको प्रि–अडिसनमा ९३८ जना सहभागी भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई जना म्युजिक टिचर १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले प्रि–अडिसनाट आएकारुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्नेछन्  । ‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

७ वटा प्रदेशमा हुने अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने अध्यक्ष सहदेव कोइरालाको भनाइ छ ।  

Global Ime bank

धनगढी र सुर्खेतपछि अब  प्रदेश नं. ५ को वुटवल (एभरेष्ट सेकेण्डरी स्कुल)मा फागुन २५ गने अडिसन हुनेछ । यस्तै प्रदेश नं. ४ को पोखरा (जनप्रिय उच्च माध्यामिक विद्यालय)मा चैत २ गते, प्रदेश नं. १ को इटहरी (पिस जोन हाइयर सेकेण्डरी स्कुल)मा चैत ११ गते, प्रदेश नं. २ को जनकपुर (आरआरएम क्याम्पस)मा र प्रदेश नं. ३ को काठमाडौं (इङ्लिस प्रिपरेटोरी स्कुल)मा चैत २३ गते प्रि–अडिसन हुनेछ । 

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुनेछ । 

डिजिटल अडिसन भने पुस १ गतेबाट सुरु भइसकेको थियो ।  ‘नेपाल लोक स्टार’को मोवाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले प्रदेश प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए । 

अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । “लोक गीत गाउन सक्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि हामी अवसरबाट बञ्चित गराउँदैनौँ,” कोइराला भन्छन्, “गाउँपालिकाबाट आर्थिक विपन्न भएको प्रमाण जुट्ने कागज ल्याएको अवस्थामा निःशुल्क सहभागी गराउने छौँ ।”

काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने छन् । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ । 

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।
विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । 

‘नेपाल लोक स्टार’को लागत खर्च साढे १५ करोड हुने आयोजकको अनुमान छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC