site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
द्वन्द्वकालका मुद्दामा गम्भीर बनौँ बरु मलाई नै दण्डित गर्नूहोस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालमा मुद्दामा गम्भीर बन्न र सत्य निरूपण र मेलमिलाप आयोग, बेपत्ता नागरिक छानबिनको काम छ छिटोछिटो टुंग्याउन सरकारलाई अनुरोध गरेका छन् ।

बुधबार संसदमा बोल्दै उनले भने, “सत्यनिरूपण र मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिनको काम छ छिटोछिटो गरौँ । फरगिभ एण्ड फरगेटका आधारमा । दुनियाँ कराउँदै गर्छन् । हाम्रो शान्ति प्रक्रिया हामीले ल्याएका हौँ । हामीले आफ्नै ढंगले अन्त्य गरौँ । कसैलाई दण्डित गर्नुछ भने त्यसका निम्ति म तयार छु । किनकि संयुक्त राष्ट्रिय जनपरिषद् नामको छायाँ सरकार थियो, समानान्तर सरकार त्यसको प्रमुख हुनुको नाताले कसैलाई दण्डित गर्न, साँच्चिनै रिस बाँकि छ भने दण्डित गर्नुहोस् । दण्ड बेहोर्न तयार छु । तर, यसलाई टुंगो लगाऔँ । यसले विकास र शान्तिको बाटोमा अवरोध गरेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

उनले संसदमा बोलेको जस्ताको तस्तै

द्वन्द्वव्यवस्थापन छिटो गरौँ । सत्यनिरूपण र मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिनको काम छ छिटोछिटो गरौँ । फरगिभ एण्ड फरगेटका आधारमा । दुनियाँ कराउँदै गर्छन्, हाम्रो शान्ति प्रक्रिया हामीले ल्याएका हौँ । हामीले आफ्नै ढंगले अन्त्य गरौँ । कसैलाई दण्डित गर्नुछ भने त्यसका निम्ति म तयार छु । किननि संयुक्त राष्ट्रिय जनपरिषद् नामको छायाँ सरकार थियो, समानान्तर सरकार त्यसको प्रमुख हुनुको नाताले कसैलाई दण्डित गर्न, साँच्चिनै रिस बाँकि छ भने दण्डित गर्नुहोस् । दण्ड बेहोर्न तयार छु । तर, यसलाई टुंगो लगाऔँ । यसले विकास र शान्तिको बाटोमा अवरोध गरेको छ । यसलाई गम्भीरतापूर्वक लिऔँ । त्यसको सँगसँगै विभिन्न असन्तुष्त समूहहरू छन् तिनलाई पनि गम्भीरतापूर्वक लिऊँ । खासगरी विप्लव समूहका अत्यन्त भर्भराउँदो खालका नयाँ युवाहरू खटेको देख्दा बडो चिन्ता पनि लागेको छ । त्यसलाई उनीहरू गम्भीर ढंगले लागेका छन् । हामीले बेलैमा समृद्धिको सपना पूरा गर्न सकेनौँ, जनतालाई सुशासन दिन सकेनौँ  भने ज्वाला दन्किएर आउने खतरा म देख्छु । त्यो बाटो ठीक छैन । अहिलेको दुनियाँमा कहीँ पुर्‍याउँदैन । ममा कुनै भ्रम छैन । तर, उनीहरूले रक्तश्राव गरेर यो राज्यलाई ब्लिडङ गरेर कमजोर बनाइराख्ने सामथ्र्य राख्छन् । यसकारण तिनीहरूसँग र तराई–मधेसका संघीयतासँग असन्तुष्ट भएकाले पृथकतावादी कुरा गर्दैछन् तिनीहरूसँग बेलैमा सम्वाद गरेर यसलाई हल गर्नेतिर जाऊँ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC